काठमाडौं- बेचबिखनको जोखिममा नेपालका १५ लाख मानिस रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययनले करिब ३५ हजार मानिस बेचबिखनमा परेको देखाएको हो।
आयोगले हालै सार्वजनिक गरेको अनुसन्धान प्रतिवदेन अनुसार नेपालमा आन्तरिक तथा सीमापार मानव बेचबिखन हुने गरेको छ।
वैदेशिक रोजगारी, पर्यटन तथा रोजगारी र वयस्क रोजगारीका नाममा मानब बेचबिखन हुने गरेको अध्ययनको निष्कर्ष छ। भारतीय बाटो भएर यौन बजार र बाध्यकारी श्रमका लागि मात्र नभई तेस्रो मुलुकमा बेचबिखन हुने गरेको अध्ययनले देखाएको छ।
विशेषगरी महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको उल्लेख गर्दै मानव बेचबिखन विरुद्धका विद्यमान ऐन तथा कार्ययोजनाको संशोधन र पुनर्लेखन आवश्यक रहेको सुझाव पनि प्रतिवदेनमा दिइएको छ।
मानव बेचबिखन विरुद्धका संयन्त्रहरु अन्योलग्रस्त र सहायताविहीन अवस्थामा रहेको पनि प्रतिवेदनको निष्कर्ष छ।
मानव बेचबिखनका लागि नयाँ मार्गहरु प्रयोग भइरहेको भन्दै द्विपक्षीय र क्षेत्रीय सहकार्यबाट यसलाई समाधान गर्न सकिने निचोड पनि अध्ययनको छ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।