जितपुर (कपिलवस्तु)- कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/७५ का लागि करिब रु ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ।
नगर प्रमुख केशवकुमार श्रेष्ठले प्रथम नगरसभामा रु ६४ करोड २२ लाख ८७ हजार २३० बराबरको बजेट विनियोजन गरेका हुन्।
यसमध्ये पुँजीगततर्फ रु ४८ करोड ८१ लाख २ हजार २ सय र चालुतर्फ रु १५ करोड ४१ लाख ८५ हजार बराबरको रकम विनियोजन गरिएको छ।
साथै, नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राहीमैत्री तुल्याउने, व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास, खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवर्द्धन गर्नेजस्ता नीति तथा कार्यक्रमसमेत नगरसभामार्फत पारित गरिएको नगर प्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए।
लक्षित वर्ग, महिला तथा पछाडि परेकालाई समाहित गर्ने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक, वन, वातावरणजस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्यापउने कार्यक्रमसमेत नगरपालिकाले पारित गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।