म जुन शहरमा जन्मिएँ, त्यहाँ एक महिला र उसकी छोरी बस्थे। उनीहरुको राति निद्रामै हिँड्ने आदत थियो।
एउटा चकमन्न रातमा ती आमा-छोरी निद्रामा हिँड्दै एक-अर्काको आमनेसामने भए।
आमाले भनी- 'तँ? मेरी शत्रु! मेरो जवानी तँलाई हुर्काउँदैमा बर्बाद भयो। मलाई खण्डहर बनाएर तेरो जिन्दगी फक्रियो। तँलाई पहिल्यै मार्न सकेको भए कति जाती हुन्थ्यो!'
यसप्रति छोरीले जवाफ दिई, 'ए घृषित महिला, स्वार्थी बूढी, तँ मेरो सुखको बाटोमा पर्खाल बनेर उभिएकी छेस्। मेरो वर्तमान तेरै रद्दी जिन्दगीको प्रतिविम्ब हो। तँ मरेकै वेश हुन्थ्यो।'
त्यसै बेला एउटा कुखुरा करायो, आमा-छोरी निद्राबाट ब्यूँझिए।
आमाले सुस्तरी भनी, 'छोरी तिमी?'
छोरीले आदरपूर्वक जवाफ दिई, 'हो, प्यारी आमा!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।