काठमाडौं- न्याय परिषदले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भएको अवस्थामा १ सय ९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ।
बुधबार बसेको न्याय परिषदको बैठकले निर्वाचन हुन गइरहेको प्रदेश २ सहित सबै जिल्लाका न्यायाधीशको सरुवा गरेको हो। निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारले समेत आचारसंहिता उल्लंघन भएको बताइरहेका बेला न्याय परिषदले यति ठूलो संख्यामा न्यायाधीशको सरुवा गरेको हो।
न्याय परिषदमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश अध्यक्ष हुन्छन्। यस्तै, वरिष्ठतम न्यायाधीश, कनुनमन्त्री र अन्य दुई राजनीतिक नियुक्ति पाएका व्यक्ति सदस्य हुन्छन्।
मंगलबार मन्त्रिपरिषद् विस्तार रोक्न माग गर्दै दर्ता हुन आएको रिटलाई सर्वोच्च प्रशासनले फिर्ता पठाएको थियो। त्यसको भोलिपल्टै २ नम्बर प्रदेशमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायाधीशहरुकै सरुवा गरिएको छ।
हेर्नुहोस् को कहाँ पुगे ?





















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।