काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार बरामद गरेको बाघको छालाका मुख्य कारोबारी प्रतिष्ठित व्यक्ति रहेको भन्दै खोजी तीव्र बनाएको छ।
ब्युरोले ८ फिट ८ इन्च लामो पाटेबाघको छालासहित बुधबार बुढानीलकण्ठ नगरपालिकाबाट सुर्खेत घर भई कैलाली बस्दै आएका ६३ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको थियो।
अभियुक्तले बाघको छाला काठमाडौंमा एक विशिष्ठ व्यक्तिका लागि ल्याएको प्रारम्भिक बयान दिएको ब्युरोका प्रवक्ता एसपी मीरा चौधरीले बताइन्। उनका अनुसार पक्राउ परेको २४ घन्टाभित्र जिल्ला वन कार्यालय बुझाउने प्रावधानका कारण शाहीलाई बुधबार नै वन कार्यालय बुझाइएको छ।
‘तस्करीमा संलग्न मुख्य व्यक्तिको खोजी भइरहेको छ, केही दिनमा रिजल्ट आउला,’ एसपी चौधरीले भनिन्।
ब्युरोको टोलीले शाहीलाई ८ फिट ८ इन्च लामो, २ फिट ८ इन्च चौडाइ र २ फिट ६ इन्च लामो पुच्छर भएको वयस्क बाघको छालासहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।