विराटनगर- दसैं र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ।
चिनीमा प्रतिकिलो रु ५ र नुनमा प्रतिकिलो रु २ घटाएर ग्राहकलाई उपलब्ध गराइने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए।
विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नुन प्रतिकिलो रु १८ मा बिक्री वितरण भइरहेको छ। बजारमा चिनीको मूल्य प्रतिकिलो रु ८२ तथा नुनको मूल्य रु २५ पर्छ। ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ।
भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा रु १४ हजार ४१६ मूल्य बराबरको १८६ किलो चिनी र रु १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नुन बिक्री भएको हो।
उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।