काठमाडौं– राष्ट्रिष्य मानव अधिकार आयोगले निर्मला पन्तको हत्या प्रकरणका बारेमा सरकारलाई दिएको २४ बुँदे निर्देशन कार्यान्वन भए/नभएको बारे तत्काल जानकारी गराउन भन्दै सरकारलाई पत्र लेखेको छ।
आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलद्वारा हस्ताक्षरित पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै आयोगले आफूले दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेको हो।
घटनाको सम्बन्धमा प्रहरीद्वारा गरिएको अनुसन्धानको प्रभावकारिताबारे आयोगले गत माघ १३ गते सरकारलाई ४ बुँदे निर्देशन र २४ बुँदे सिफारिस दिएको थियो। उक्त सिफारिस कार्यान्वयन गरी ३ महिनाभित्र त्यसको जानकारी पठाउन निर्देशन दिइएको भए पनि अहिलेसम्म कुनै जानकारी नआएको आयोगको पत्रमा उल्लेख छ। जतिसक्दो छिटो जानकारी पठाउन आयोगले अनुरोध गरेको छ।
आयोगले त्यसबेला सरकारलाई घटनाको अनुसन्धानको लागि छुट्टै अपराध अनुसन्धान विभाग गठन गरिनुपर्ने, दक्ष जनशक्ति र पर्याप्त स्रोत साधन उपलब्ध हुनुपर्ने, सिसिटिभी जडान गरिनुपर्ने, केन्द्रीयस्तरमा गुनासो सुन्ने संयन्त्रको विकास हुनुपर्ने लगायतका २४ बुँदे निर्देशन दिएको थियो।
के थियो आयोगको २४ बुँदे सिफारिसमा?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।