काठमाडौं– ललितपुरस्थित किष्ट अस्पतालभित्रको शौचालयमा एक युवकको शव फेला परेको छ।
अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको हो।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको हो।
सोमबार मृत अवस्थामा फेला परेको उक्त शवबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।