• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

निर्मलाको हत्यारा पत्ता लगाउने हो भने 'डिएनए'को विकल्प खोज

64x64
नेपाल लाइभ शुक्रबार, साउन १०, २०७६  १५:५०
1140x725

प्रारम्भिक अवस्थामा नै होसियारी अपनाइएको भए निर्मला पन्त प्रकरण यति जटिल हुँदैनथ्यो होला। अपराधी पत्ता लागिसक्ने थिए वा नलागेको पनि हुन सक्थ्यो। तर, सम्पूर्ण राज्य संयन्त्रले विश्वास गुमाउने थिएन। परिश्रम गरेर आफ्नै परिवारका साथमा जीवन चलाइरहेकी एउटी आमाले सबैभन्दा कठिन दिनहरु बिताउनुपर्ने थिएन। न्यायका लागि उल्टाखामदेखि बालुवाटारसम्म आँसु बगाउनुपर्ने थिएन।

तर, दिन त बितिसके। अब हामीसँग विगतबाट पाठ सिक्ने, त्यसलाई नदोहोर्‍याउने र नयाँ विकल्पमार्फत अघि बढ्ने विकल्प बाँकी छ। अनुसन्धानकर्मी मात्रै होइन सरोकारवाला, राजनीतिकर्मी, सञ्चारकर्मी र यो प्रकरणलाई चासो दिइरहेका सर्वसाधारणले पनि पुराना धारणालाई थन्क्याएर अघि बढ्नुपर्ने अवस्था छ। यसको आवश्यकता किन छ भने यस्तै कारणले नै यो प्रकरण गिजोलिएको हो। प्रकरणलाई गिजोल्न कसको भूमिका कति भन्ने मात्रै हो। तर कोही अछुतो छैन भन्ने बुझ्न जरुरी छ।

सबैको चाह न्याय नै हो। अभिव्यक्ति र व्यवहारको केन्द्रमा पनि न्यायकै चाह हुनुपर्छ। आफूले भने जस्तै हुनुपर्छ वा आफ्नो डम्फु बजाउने बेला यही हो भन्ने स्वार्थ राखेर अघि बढ्ने हो भने ती सबै अप्रत्यक्ष रुपमा यो प्रकरण नसल्टिनुको दोषी हुन् भन्न अप्ठ्यारो मान्नु पर्दैन।

सञ्चारमाध्यमले पनि गल्ती नगरेका होइनन्। कतिपय अवस्थामा अपराधी हो वा होइन भन्ने विषयमा पनि आफैं न्यायाधीशसरह प्रस्तुत भए। हल्लाका भरमा सूचना सम्प्रेषण भए। 

'क्राइम सिन'मा खटिएका प्रहरीदेखि संगठन प्रमुखसम्मले अनेक रुपमा गल्ती गरे। कति नियतले, कति बेवास्ताले, कति लापरबाहीले भए होलान्। तर, निरन्तर गल्तीहरु हुँदै गए। 'क्राइम सिन'लाई सुरक्षित बनाउन नसकेर शव भेटिएको स्थललाई सर्कस स्थलजस्तो बनाउनेदेखि प्रहरी प्रमुखले नै अभियुक्तको बयान लिनेसम्मका अनौठा घटना यस प्रकरणमा देखियो।

परिणामतः प्रहरीले आम नागरिकबाट विश्वास गुमाउँदै गयो। जसको साथमा अनुसन्धान अघि बढाउनुपर्ने थियो, उनीहरु नै प्रहरीका विरुद्धमा सडकमा उत्रिने अवस्था देखियो। अर्कोतिर प्रहरी संगठनभित्र गरिएका अनौठा कारबाहीले यस प्रकरणमा कसैले पनि जोखिम मोल्नै नसक्ने अवस्था सिर्जना भयो। प्रहरी नेतृत्वले आफ्नो संगठनले गरेको प्रक्रियागत अनुसन्धानलाई अनुमोदन नगरेको मात्र होइन उल्टै अनुसन्धानमा खटिएका प्रहरीको मनोबल शून्यमा झार्ने काम गर्‍यो। अनुसन्धानका प्रगति र गल्तीहरुलाई प्रहरीले बेलैमा सबैलाई प्रस्ट पार्नुपर्ने थियो, जुन हुन सकेन। 

यस प्रकरणलाई जटिल बनाउन 'हाई प्रोफाइल'का अभिव्यक्तिले पनि भूमिका खेले। प्रदेशका मन्त्रीदेखि प्रधानमन्त्रीले समेत यस प्रकरणलाई थप शंकास्पद बनाउनमा सहयोग पुर्‍याए। 'अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौं' भन्नेदेखि 'अपराधी पत्ता लगाउन बाह्र वर्ष लाग्न सक्छ' भन्नेसम्मका अभिव्यक्तिले शंकाको आगोमा घ्यु थपे। कतिसम्म भने रक्षामन्त्री ईश्वर पोखरेलले त अपराधी पत्ता लागिसकेको सार्वजनिक अभिव्यक्ति दिए।

सञ्चारमाध्यमले पनि गल्ती नगरेका होइनन्। कतिपय अवस्थामा अपराधी हो वा होइन भन्ने विषयमा पनि आफैं न्यायाधीशसरह प्रस्तुत भए। हल्लाका भरमा सूचना सम्प्रेषण भए। शंकाको कम्पास सोझ्याइरहे। 

nimb
nimb
Ncell 2
Ncell 2

डिएनएको परीक्षणलाई नै एक मात्रै उपायजसरी प्रस्तुत गर्दा पनि ७३ जनाको हकमा नतिजा नकारात्मक आइदियो। किनकि, विगतका कतिपय घटनालाई पछ्याउँदा प्रहरीको ल्याबमाथि सन्देह गर्न सकिन्छ।

दिनुपर्नेले सही सूचना दिन नसक्दा, अनुसन्धान गर्नुपर्नेले सही तवरबाट अनुसन्धान गर्न नसक्दा र सम्प्रेषण गर्नुपर्नेले सही सूचना प्रवाह गर्न नसक्दा जेजे हुन सक्थ्यो, ती सबै यो एक वर्षमा भए। हामीसँग त्यसबाट पाठ सिक्न र नदोर्‍याउने विकल्प बाँकी छ।

घटनापछि परिस्थिति यस्तो बन्यो कि डिएनए परीक्षण नै अपराधी पत्ता लगाउने एक मात्र बाटो बनिदियो। प्रहरीले पक्राउ गरेका शंकास्पद व्यक्तिको बयानले मात्रै प्रहरीलाई अगाडि बढ्न सम्भव भएन। तर, डिएनएको परीक्षणलाई नै एक मात्रै उपायजसरी प्रस्तुत गर्दा पनि ७३ जनाको हकमा नतिजा नकारात्मक आइदियो। अहिले फर्केर हेर्दा नकारात्मक नतिजा अस्वाभाविक थिएन। किनकि, विगतका कतिपय घटनालाई पछ्याउँदा प्रहरीको ल्याबमाथि सन्देह गर्न सकिन्छ।

अर्कोतिर, डिएनए विज्ञसहितको राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान टोलीले पनि डिएनए परीक्षणमा त्रुटि भएको औंल्याएको छ। आयोगका सचिव वेद भट्टराईद्वारा हस्ताक्षरित निर्देशनपत्रको ५ औं बुँदामा एउटा महत्वपूर्ण कुरा उल्लेख छ। जहाँ प्रस्ट भनिएको छ- 'शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरिएको भनिए तापनि उक्त ल्याबमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, यौनिक स्वाब सुरक्षा र वीर्यको परीक्षण गर्न पर्याप्त तत्वहरु थियो वा थिएन सोको समेत पुनः विश्लेषण तथा जाँच गरी यकिन गर्नु।'

ललितपुरकै गोदामचौर घटनाबाट डिएनए नै सम्पूर्ण विकल्प होइन भन्ने तथ्य स्थापित भइसकेको छ। यही तथ्य निर्मला प्रकरणमा पनि सहयोगी हुन सक्छ। तर, जसरी विगतमा गल्ती गरियो, विश्वास गुमाइयो, त्यही गल्ती दोहोर्‍याउने छुट भने कसैलाई छैन।

यसको अर्थ डिएनए संकलन र परीक्षण नै गलत भएको ठहर आयोगको हो। अझ आयोगको प्रतिवेदनले भनेको छ- 'संसारमा तीन किसिमको डिएनए प्रचलित रहेका छन्। ती हुन्, अटोसोमल एसटिआर, वाई एसटिआर र माइटोकोन्ड्रियल सिक्वेसिङ। अटोसोमल एसटिआर भने अपराधी पहिचान गरिने मुख्य डिएनए हो। पुरुषमा मात्रै हुने वाई एसटिआर जबरजस्ती करणीको केशमा प्रभावकारी मानिन्छ। तर, कैयौं पुरुषका पुस्तामा सदस्यहरुबीच एकैनासका हुने वाई एसटिआरबाट निश्चित व्यक्ति यकिन गर्न सम्भव हुँदैन।’

तर, निर्मलाको केशमा वाई एसटिआर प्रविधिबाट मात्रै परीक्षण गरिएको आयोगको टोलीले जनाएको छ। जुन प्रविधिबाट वंश वा समूहमात्रै पहिचान गर्न सकिने बताइएको छ। व्यक्ति पहिचान गर्न सकिने अटोसोमल परीक्षण नगरिएको आयोगको टोलीले जनाएको छ।

त्यसो हुँदा अब कसैसँग पनि डिएनए मिल्दैन। वास्तविक अपराधीकै पनि मिल्दैन। यो कुरा सबैले बुझ्न जरुरी छ।

डिएनए परीक्षणमै त्रुटि भइसकेपछि वास्तविक अपराधी पत्ता लगाउन वैकल्पिक बाटो खोज्नुपर्ने आवश्यकता छ। त्यसमाथि, ललितपुरकै गोदामचौर घटनाबाट डिएनए नै सम्पूर्ण विकल्प होइन भन्ने तथ्य स्थापित भइसकेको छ। यही तथ्य निर्मला प्रकरणमा पनि सहयोगी हुन सक्छ। तर, जसरी विगतमा गल्ती गरियो, विश्वास गुमाइयो, त्यही गल्ती दोहोर्‍याउने छुट भने कसैलाई छैन।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्