• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सांसदका प्रश्नमा आपूर्ति सचिव राई र निगमका निर्देशक खड्काको यस्तो थियो जवाफ

64x64
नेपाल लाइभ बुधबार, भदौ २८, २०७४  १५:४३
1140x725

काठमाडौं– व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले नेपाल आयल निगमको जग्गा खरिदमा घोटाला भएको प्रतिवेदन पारित गरेको छ। चलनचल्तीको भाउभन्दा चार गुणा बढी मूल्य तिरेर निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जग्गा किनेर राज्यकोष दुरुपयोग गरेको समितिको स्थलगत अनुगमन प्रतिवेदनमा उल्लेख छ।

२०७३ कार्तिक ९ मा गठान भएको अनुसन्धान छानबिन उपसमितिले १० महिनापछि प्रतिवेदन तयार पारेको थियो। स्थलगत अनुगमनपछि समितिले तत्कालीन आपूर्ति सचिव प्रेमकुमार राई र निगमका कार्यकारी निर्देशक खड्कासँग वयान लिएको थियो। सांसदहरुले स्थलगत अनुगमनका आधारमा सोधेका प्रश्नमा सचिव राई र निर्देशक खड्काले यस्तो जवाफ दिएका थिएः

सांसद सुभासचन्द्र ठकुरी (अनुगमन उपसमिति संयोजक): सञ्चालक समितिको जिम्मेवार सदस्यका नाताले केही जिज्ञासा उठेकाले सोध्न चाहेका छौं। प्रतिवेदन लेखनका काममा पारदर्शी हिसावले ल्याउनुपर्ने हुनाले यहाँहरुसँग छलफल गर्न खोजिएको हो।

सञ्चालक समितिले २०७३ माघ २४ मा निगमका कार्यकारी निर्देशकलाई जग्गा खरिद र पूर्वाधार निर्माण गर्न सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको देखिएकोछ। जग्गा खरिदको अधिकार प्रत्यायोजन गर्ने कानुनी आधार के हो?

कार्यविधि नबनाई यति ठूलो महत्वको र धेरै रकमको अधिकार प्रत्यायोजन एकै व्यक्तिलाई किन गरियो? अधिकार प्रत्यायोजन भए पनि प्रत्यायोजित अधिकारको सदुपयोग नभएमा अधिकार प्रत्यायोजन गर्ने व्यक्ति वा निकायको जिम्मेवारी रहन्छ होइन? फेरि अधिकार प्रत्यायोजन भन्दा पहिले नै कार्तिकमै बोलपत्रको सूचना किन गरियो?

प्रेमकुमार राई (आपूर्ति सचिव एवं सञ्चालक समिति अध्यक्ष): कार्तिकमा शुरुमै अधिकार प्रत्यायोजन गरेका हौं। आर्थिक विनियमावली उल्लेख नगरी अधिकार दिएका थियौं। प्राविधिक उपसमिति टिओआरसहित गठन गरेका थियौं।

त्यो उपसमितिले दिएको सुझावका आधारमा व्यवस्थापनले सम्पूर्ण अधिकार प्रयोग गरोस् भन्ने हाम्रो चाहना थियो। उहाँहरु (निगम कार्यकारी निर्देशक खड्का) ले टेन्डर गर्नु भयो। हामीले टेन्डर गरिसक्यौं भनेर मौखिक रुपमा जानकारी गराउनु भयो।

फेरि वहाँहरुले स्वीकृतिका लागि सञ्चालक समितिमा माघमा प्रस्ताव ल्याउनु भयो। अलिकति स्पष्ट किटान गरेर दिनुपर्‍यो भन्ने तर्क रह्यो र त्यसपछि आर्थिक विनियमावलीका आधारमा रहेर सस्तो र सुविधाजनक जग्गा बोलपत्र मार्फत खरिद गर्न कार्यकारी निर्देशकलाई अधिकार प्रत्यायोजन गरिएको हो। प्रक्रिया ठिक छ, छैन, जग्गा ठिक छ, छैन, के कस्तो छ भन्ने प्राविधिक समिति वहाँहरुले हेर्ने हुनाले सञ्चालक समितिले गहिरिएर हेरेन। त्यसमा हामी प्रवेश गरेनौं। सुविधाजनक जग्गा खरिद गर्न बोलपत्र मार्फत खरिद गर्न कार्यकारी निर्देशकलाई अधिकार प्रत्यायोजन गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

ठकुरीः आयल निगमले भण्डारणका लागि खरिद गरिएको जग्गामा धेरै आर्थिक अनियमितता भएको सम्बन्धमा सञ्चालक समितिको धारणा के हो? सञ्चालक समिति कतिको जानकार छ? जग्गा खरिद सम्बन्धमा सञ्चालक समितिको बैठक कति पटक बस्यो? 

राईः अनियमितता भएको विषयमा उपभोक्ता हित सम्बन्ध समितिले चैत्रमा कागजपत्र मागेपछि र पत्रपत्रिकामा आएपछि जानकारीमा आयो। हामीले त्यसपछि डकुमेन्ट मगाएर हेरेका हौं।

व्यवस्थापिका संसदका तीनवटा समितिबाट बोलावट भएपछि कुरा राखेका हौं। अख्तियारले छानबिन गर्दैछ। प्रधानमन्त्री कार्यालयको पत्र पछि महाशाखामा विवरण मगाएर छलफल गर्दैछौं। विषयवस्तुलाई एजेन्डाका रुपमा भन्दा पनि मौखिक रुपमा तीन पटक के भएको हो भनेर त्यसबारे छलफल भएको थियो। 

ठकुरीः सञ्चालक समितिले जग्गा खरिद गर्न जग्गा छनोट उपसमिति गठन गरेको हो कि? अधिग्रहण गर्ने जग्गा छनोट गर्न उपसमिति गठन गरेको हो? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गोपाल खड्का (कार्यकारी निर्देशक, आयल निगम): जग्गा प्राप्ति पहिले पनि टेन्डरबाट गरिसकेको छ। टेन्डरबाट गर्ने भन्ने प्रावधानमै छ। सञ्चालक समिति बैठकको म्यान्डेट पनि टेन्डरबाट गर्ने भन्नेछ। 

ठकुरीः विनियमावलीको विषय र हिजोको प्राक्टिस भनेर विनियमावलीको सानो प्रावधानलाई समातेर यति ठूलो काम भएको पाइयो। सञ्चालक समितिलाई केही दवाब र वाध्यता थियो कि?

राईः सञ्चालक समितिलाई कुनै दवाब वा वाध्यता केही पनि थिएन। सरकारको नीति तथा कार्यक्रममा जग्गा खरिद गर्ने उल्लेख थियो। अर्थ मन्त्रालयको नीति कार्यक्रमभित्र परेको, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबाट कार्यान्वयन गर भनेर आपूर्ति मन्त्रालयमा आएकाले निगममा पठायौं।

५ वर्षभित्र भण्डारणको कुरा टुंग्याउनुपर्ने भन्ने भएकाले जग्गा प्राप्ति वा बोलपत्र मार्फत जे गरेर भए पनि सकेसम्म छिटो जग्गा खरिद गर्नुपर्ने भएर गरिएको हो। 

ठकुरीः रुपन्देहीको रोहिणी खोलाले खाएको जग्गा खरिद गर्नुअघि प्राविधिक अध्ययन भएको थियो वा थिएन? जग्गा संरक्षणका लागि थप खर्च गर्नु पर्ने देखिन्छ। प्रोटेक्सनको खर्चसमेत जोडिसकेपछि अन्यत्रको भन्दा जग्गाको मूल्यमा के फरक पर्छ? फाइनान्सियल एनालाइसिस के छ? 

खड्काः १९ लाखको टेन्डरको तुलनामा यो प्रोटेक्ट गर्दा पनि महँगो पर्दैन। 

ठकुरीः जग्गाधनीले पाएको र निगमले दिएको रकममा यति ठूलो अन्तर आएको छ? यसमा यहाँहरुले के भन्नु हुन्छ? 

खड्काः टेन्डरको प्रक्रिया र सीमिततालाई नै अनुशरण गर्ने हो। कम मूल्यको प्रस्तावलाई स्वीकृति दिइएको हो। स्थानीय चलनचल्तीको रेट र मालपोतको रेट लिएर दिने होे। ‘लेटर अफ इन्टेन्ट’ दिइसकेपछि कुनै दाबी–विरोध आएन। कसले कति पायो भन्ने कुरै भएन, ‘सप्लायर्स’ले जे दिएको छ त्यसमा जानुपर्ने वाध्यता थियो। 

सांसद रामवीर मानन्धरः सर्लाहीमा जग्गा पास गरेपछि १ करोड ६१ लाख तिर्नु भयो, ५ लाख बढी किन गयो? सर्लाहीमा पुल नभएको ठाउँमा जग्गा छ। पुल बनाउन कति करोड लाग्ला? बजेट वक्तव्यमा जग्गा प्राप्ति गरिदिने भन्ने छ, जग्गा छनोट समिति भनेको जग्गा छान्ने मात्र हो।

झापामा रेल्वे लाइनभित्रको जग्गा किन खरिद भयो? आयल निगम पछाडिको जग्गा किन किन्नु भएन? सबै भन्दा दोषी सञ्चालक समिति नै भयो। १४० नं. को पोल जग्गामा गडिएको छ, त्यस्तो ठाउँमा किन जग्गा किनेको?

जग्गाधनीले ४ लाख २० हजारभन्दा बढी पाएकै छैनन्। सरकार र निगमलाई चाहिएको भए, आयल निगमको डिपोभन्दा पछाडिको जग्गामा किन ध्यान गएन? पैसा धेरै गयो निगमको, गाउँपालिकाको चिठ्ठीको अक्षर एउटै व्यक्तिको छ। छानबिन हुनुपर्छ।

सांसद जनक बुढाः जग्गा खरिद गर्दा वडा सचिवले चलनचल्तीको मूल्य लेखिदिए मात्र भनेको भरमा खरिद गरेको देखिन्छ, यो के हो? 

खड्काः कसले कतिमा बेच्योभन्दा पनि टेन्डर गरेको हुनाले हामी वाध्य भयौं। आधारका रुपमा चलनचल्तीको मूल्य लिएका हौं। क्रस चेक गर्नका लागि। 

आर्थिक उपार्जन गरौं भन्ने हाम्रो कुनै स्वार्थ छैन। भैरहवामा जग्गा पास गरेको भोलिपल्टदेखि न्युजले फलोअप गरेको देखियो। कारण के रहेछ भने, त्यो १९ लाख वाला नागरिक दैनिकका ज्ञवालीको बाउको रहेछ। हाम्रो लक्ष्य स्टोरेज छिटोभन्दा छिटो बनोस् भन्ने हो। अभियानका रुपमा लाग्दा केही समस्या परे होलान्।

आयल निगमका खड्कालाई कारबाही गर्न बनाइएको प्रतिवेदन नै गायब !

प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्