काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी बोरिस जनसनलाई बधाई तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत् बोरिसलाई बेलायतको नयाँ प्रधानमन्त्री भएकामा बधाई दिएका हुन्।
‘संयुक्त अधिराज्यको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको र त्यसको कार्यभार सम्हालेकामा म बधाई दिन चाहान्छु,’ ओलीले ट्विटरमा लेखेका छन्, ‘म तपाईंको कार्यकालको सफलता र संयुक्त अधिराज्यका जनताको निरन्तरको शान्ति, प्रगति र समृद्धिको शुभकामना गर्दछु।’
.jpg)
प्रधानमन्त्री ओलीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउन प्रधामन्त्री जसनसनसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्।
जनसन् बुधबार मात्रै सत्ताबाट बाहिरिन राजीनामा दिएकी प्रधानमन्त्री थेरेसा मेको उत्तराधिकारीका रूपमा निर्वाचित भएका थिए।
पूर्व विदेश मन्त्री समेत रहेका उनलाई सत्तारुढ कन्जरभेटिभ दलले उक्त दलको नेताका रुपमा निर्वाचित गरेपछि उनी बेलायतको प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।
उनले बुधबार प्रधानमन्त्री रुपमा सपथ ग्रहण गर्दै कार्यभार समेत सम्हालेका थिए।
त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि आफ्ना बेलायती समकक्षी डोमेनिक रावलाई बधाई तथा शुभकामना दिएका छन्। बोसिर नेतृत्वको सरकारमा रावले विदेश मन्त्रीको जिम्मेवारी पाएका छन्।
परराष्ट्र मन्त्री ज्ञवालीले पनि समाजिक सञ्जाल ट्विटरमार्फत् नै आफ्ना समकक्षीलाई बधाई दिएका छन्।
‘संयुक्त अधिराज्यको विदेश तथा कमनवेल्थ मामिला राज्य सविचका रुपमा नियुक्त भएकामा माननीयलाई बधाई तथा दिन चाहान्छु,’ उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाल-बेलायत सम्बन्धलाई अझै बलियो बनाउन तपाईंसँग नजिकै रहेर काम गर्न इच्छुक छु।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।