कलाकारका हरेक गतिविधिमा दर्शकको चासो हुनु स्वाभाविक हो। आफ्नो प्रिय कलाकारले के खान्छ, के लाउँछ, कहाँ–कहाँ जान्छ भन्ने विषयमा पनि जान्ने मन हुन्छ। हामीले अभिनेत्री सुरक्षा पन्तसँग खानपिन संवाद गरेका छौं :
खानपिनमा कतिको सौखिन हुनुहुन्छ?
म ‘फुडी’ मान्छे नै हो। खानपिनमा निकै ख्याल गर्छु।
विशेष गरी कस्तो खाना मनपर्छ ?
मलाई नर्मल नेपाली खानेकुराहरु खान मनपर्छ। फिल्म पनि मौलिक खेल्न पाए खुसी हुन्छु, खाना पनि मौलिक खान पाए खुसी। म मौलिक फिल्मजस्तै मौलिक खानाको पनि फ्यान हुँ।

बिहान, दिउँसो र बेलुकीमा कस्तो खाना खान रुचाउनुहुन्छ?
बिहान बढीजसो फलफूल र खाना खान्छु। अनि बेलुकाचाहिँ रोटी। दिउँसो बेकरी आइटम र सुख्खा फलफुल खान मनपर्छ।
जंकफुड कत्तिको रुचाउनुहुन्छ?
जंकफुडमा सबै त मनपर्दैन तर लोकल पोटेटो टिप्सचाहिँ असाध्यै मनपर्छ।

ड्रिंक्समा के पिउन रुचाउनुहुन्छ?
गुड वाइन्स, लेमनेड फभरेट, लेमन किमोजस्ता ड्रिंक्स पिउन रुचाउँछु। विशेषगरी कागतीको प्रायः सबै जुस मनपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।