काठमाडौं– मिस नेपाल २०१८ कि विजेता शृंखला खतिवडाले पश्चिम युरोपको अग्लो हिमाल ‘मन्ट ब्लांक’ आरोहण गर्दैै नेपाल र फ्रान्सको एकसाथ झन्डा फर्फराएकी छिन्।
नेपालस्थित फ्रान्सेली दुतावासले अफिसियल ट्विटर ह्यान्डलमा शृंखलासहितको समुहको सफल आरोहण तस्बिर सेयर गर्दै यो खुशियाली सबैमाझ बाँडेको हो।

नेपाल–फ्रान्सविचको द्धिपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा शृंखला मन्ट ब्लांक चढेकी हुन्। शृंखला नेपाल–फ्रान्स ७० औं वर्षगाठ कार्यक्रमकी सद्भावना दुतसमेत हुन्। उनी चढेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमाल फ्रान्स र इटालीबीचमा छ।

शृंखलासँगै भ्लगर सिसम बानियाँ र प्रज्वल थापा मगर पनि ब्लांक यो आरोहणमा सहभागी छन्। शृंखला र सिसम दुवै फ्रान्स भ्रमणमा रहेका बेला अहिले उनीहरुको सम्बन्धलाई फिल्मवृत्तमा प्रेमी–प्रेमिकाका रुपमा अथ्र्याएको अवस्था छ। तर, दुवैले यसलाई ‘हल्लामात्रै’ भनिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।