• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम प्रदेश : साँघुरो कोठामा सार्वजनिक लेखासमिति

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  २२:०९
1140x725

धनगढी- प्रदेश सभामा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समिति साँघुरो कार्यालय कक्षका कारण अरु समितिको कक्षमा बैठक तथा छलफल गर्दै आएको छ। बुधबार प्रदेशका सामाजिक विकास मन्त्री र सचिवसँगको छलफलका लागि लेखा समितिको बैठक विधायन तथा प्रदेश मामिला समितिको कक्षमा बसेको थियो। 

यसअघि साउन १ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिवसँगको छलफलका लागि भएको सार्वजनिक लेखा समितिको बैठक पनि विधायन तथा प्रदेश मामिला समितिको कक्षमा बसेको थियो। 

समितिको कक्ष साँघुरो भएको र प्रदेश सभा सचिवालयले समितिको बैठकका लागि अन्य कक्षको व्यवस्था गर्न नसकेका कारण अन्य समितिको कक्ष प्रयोग गरिरहेको लेखा समितिले जनाएको छ। समितिका सभापति कुमारी नन्दा बमले भनिन्, ‘हामीले पटक–पटक बैठकका लागि उपयुक्त कक्षको व्यवस्था गर्न अनुरोध गर्दा पनि कुनै सुनुवाइ भएको छैन।’

सार्वजनिक लेखा समितिमा ११ जना प्रदेश सभा सदस्यहरू रहेका छन्। समितिका सदस्य कर्णबहादुर मल्लले भने, ‘बैठक बस्दा मन्त्रालयका मन्त्री, सचिवहरूलाई पनि बोलाउनु पर्ने हुन्छ र पत्रकारहरू पनि उपस्थित हुन्छन्। यस्तो साँघुरो कोठामा कसरी बैठक गर्ने?’ 

समितिको कक्षमा सभापतिको कुर्सी, टेवल र कागजपत्र राख्न दराज, कम्प्युटर, प्रिन्टर छन् भने समितिका सदस्यहरू बस्नका लागि कुर्सीको व्यवस्था गरिएको छ। समितिको कक्षमा १५ भन्दा बढी कुर्सी राख्ने ठाउँ छैन। ‘समितिकै कक्षमा बैठक गर्नुपर्दा सदस्यहरू नै उभिनु पर्ने बाध्यता हुन्छ,’ सभापति बमले भनिन्।

उनले प्रदेश सभा सचिवालयले दुई महिनामा अर्को कक्षको व्यवस्था गर्ने बताए पनि ६ महिना बढी भइसक्दा समेत कुनै व्यवस्था नगरेको बताइन्।

प्रदेश सभा सचिवालयले अहिले ९ कोठे भवन निमार्णाधीन अवस्थामा रहेको बताएको छ। अस्थायी भवन निर्माण सम्पन्न भएपछि समितिको कक्ष सोही ठाउँमा बनाइने जनाएको छ। प्रदेश सभा सचिवालयले ५४ लाख ३५ हजार रुपैयाँको लागतमा भवन निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको जनाएको छ। 

सामाजिक विकास मन्त्री र सचिव लेखासमितिमा 
सुदूरपश्चिम प्रदेश सभामा सार्वजनिक लेखा समितिले प्रदेशका सामाजिक विकास मन्त्री र सचिवसँग बुधबार छलफल गरेकोे छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बुधबार दिउँसो साढे दुई बजेदेखि सुुरु भएको बैठकमा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र सचिव गोगनबहादुर हमाल उपस्थित थिए। 

सार्वजनिक लेखा समितिले सामाजिक विकास मन्त्रालयद्वारा २०७४/०७५ को अल्पकालीन बजेटमा गरेको खर्च विवरण, आर्थिक वर्ष २०७५/२०७६ को प्रगतिका बारेमा सामान्य छलफल र आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रमबारे छलफल गर्न मन्त्री तथा सचिवलाई बोलाएको थियो।

सार्वजनिक लेखा समितिका अनुसार तेस्रो पटक पत्र पठाइएपछि मात्र सामाजिक विकास मन्त्री र सचिव उपस्थित भएका हुन्।

बैठकमा लेखा समितिका सभापति तथा सदस्यहरूले मन्त्रालयबाट भएगरेका बजेट खर्च, कार्यक्रम, योजनाबारे सोधपुछ गरेका थिए। बैठकमा समितिकी सभापति कुमारी नन्दा बमले सचिवसँग प्रश्न गरिन्, ‘कार्यविधिले नसमेट्ने योजनामा कसरी बजेट हालियो?’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सामाजिक विकास मन्त्रालयबाट दार्चुला जिल्लाको महेन्द्र नमुना उमाविमा अनाथ तथा असहाय बालबालिका लागि भवन निर्माण गर्ने योजना बनाएको थियो। तर, मन्त्रालयको कार्यविधिमा भने आवासीय विद्यालय हुनुपर्ने उल्लेख छ। सभापति बमले भनिन्, ‘बजेट त पर्‍यो, तर भवन निर्माण हुन सकेन भनेर सो विद्यालयका प्रमुखले अहिले मसँग गुनासो गरिरहेका छन्।’ 

सभापति बमले सामाजिक विकास मन्त्रालयले यस्तै खालका अनियमित कार्य अरु विद्यालयमा पनि गरेको बताइन्। बैठकमा लेखा समितिका सदस्यहरूले सामाजिक विकास मन्त्रालयबाट विभिन्न मिटिङ, बैठक, सेमिनार, गोष्ठीमा अत्यधिक खर्च गरिएकोमा व्यापक गुनासो आइरहेकोमा मन्त्री तथा सचिवसँग जिज्ञासा राखेका थिए। सभापति बमले सचिव हमालसँग प्रश्न गरिन्, ‘शिक्षाका विभिन्न इकाई हुँदाहुँदै पनि मन्त्रालयबाटै खर्च गरिएको छ। मन्त्रालयले नीति तथा योजना बनाउने हो की आफैं कार्यक्रम आयोजना गर्ने हो?’

बैठकमा  ११ वटा छात्रावास भवन निर्माणका लागि दरभाउपत्र आह्वान गरिए पनि काम अगाडि नबढेकोमा सोधपुछ गरेका थिए। प्रतिउत्तरमा सचिव हमालले भने, ‘आर्थिक वर्षको अन्तिम समयमा दरभाउपत्रको आह्वान गरिएकोले अर्को बजेटमा समावेश हुनेछ।’ 

सभापति बमले प्रतिप्रश्न गरिन्, ‘त्यसो भए दरभाउपत्र कहिले आह्वान गर्ने भन्ने पनि मन्त्रालयलाई थाहा छैन?’

बैठकमा समितिका सदस्य कर्णबहादुर मल्लले आर्थिक वर्ष २०७५/०७६ मा मन्त्रालयको समन्वयमा भएको मुख्यमन्त्री कपका बारेमा जिज्ञासा राखे। उनले सोधे, ‘खेलकुदको प्रवद्र्धन गर्न मुख्यमन्त्री कप सञ्चालन हुनु त राम्रै हो, तर करोडौं रुपैया खर्च गरिएको यो प्रतियोगिताको उपलब्धि त केही देखिएन।’ 

लेखा समितिको बैठकमा सभापति बम, सदस्य भरतबहादुर खड्का, मल्ल, अर्चना गहतराज, अम्मरबहादुर साउद र बलदेव रेग्मी सहभागी थिए। 

मन्त्रालयले पारदर्शी ढंगले काम गर्छ– मन्त्री सुवेदी 
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रालयले अहिलेसम्म पारदर्शी ढंगले काम गरेको दाबी गरे। उनले आगामी दिनमा पनि पारदर्शी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

‘मन्त्रालयबाट जति पनि योजना सञ्चालन भएका छन्, ती सबै पारदर्शी र सन्तुलित ढंगले भएका छन्,’ मन्त्री सुवेदीले भन, ‘हामी अनियमितता भएको गुनासो आउन दिने छैनौं।’ 

मन्त्री सुवेदीले गत आर्थिक वर्ष २०७५/०७६ का अधिकांश योजना लादिएको जस्तो देखिएको बताए। ‘आवश्यकता अनुसार बनेका योजनाहरू समयमै गुणस्तरीय ढंगबाट पूरा हुन्छन्, तर लादिएका योजनाहरू कार्यान्वयन गर्न चुनौती हँुदो रहेछ,’ मन्त्री सुवेदीले भने, ‘गत वर्षका योजनाहरूको कार्यान्वयन हेर्दा मलाई प्रायः योजना लादिएको जस्तो लाग्यो।’ 

उनले प्रदेश सभा सदस्यहरूसंग आवश्यकताका आधारमा योजनाहरू ल्याउन अनुरोध गरे। मन्त्री सुवेदीले मन्त्रालयमा रहेको डल्लो बजेट प्रदेश सभा सदस्यहरूसँगको छलफल र सुझावका आधारमा वितरण गरिने बताए। 

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार मंगलबार, कात्तिक १०, २०८३
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्