• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारले सत्तालाई मजाक ठानेको छ

64x64
नेपाल लाइभ बिहीबार, साउन ९, २०७६  ०५:४०
1140x725

१९९० को मध्यतिर दिल्लीमा अर्थमन्त्रीहरूको सम्मेलन थियो। त्यसबेला पाकिस्तानका अर्थविद् सौकित अजिज (पछि उनी पाकिस्तानका प्रधानमन्त्री पनि भए)ले भनेको विषय अहिले पनि मलाई सम्झना छ। पूर्वी एसिया र दक्षिण एसियाको १९६० मा प्रतिव्यक्ति आय २ सय डलरको मात्रै फरक थियो। १९९५ ताका पुर्वी एसियाको प्रतिव्यक्ति आयमा वृद्धिभई दक्षिण एसियालाई ११ हजार डलरको अन्तर भयो। यसको असली कारण के हो त? पूर्वी एसियालाई पहिलो/दोश्रो/तेश्रो प्राथमिकताको क्षेत्र सोधियो भने उनीहरुको जवाफ हुन्छ- आर्थिक विकास, आर्थिक विकास, आर्थिक विकास।

तर, दक्षिण एसियालाई प्राथमिकताको क्षेत्रबारे सोधे जवाफ आँउछ- राजनीति ,राजनीति ,राजनीति। राजनीति गर्नेदेखि ट्याक्सी ड्राइभरसम्मको सोच जीवनस्तर सुधार्ने नै हुन्छ। मेहनेत कसरी गर्नेमा नै पूर्वी एसियाको चिन्ता छ। साउथ एसिया पछाडी पर्नुका कारण अति राजनीतिकरण हो। दक्षिण एसियाका अन्य देशमा राजनीतिकरण घट्दो छ। तर नेपालमा भने वृद्धि भइरहेको छ। हाम्रो दुर्भाग्य यही हो।

नेपालको कुशासन कहाँसम्म छ? भर्खरको विषादी परीक्षण प्रकरण हेर्न सकिन्छ। पूर्वाधार बिना विषादी परीक्षणको निर्णय गरियो। भारतले पत्र काट्यो। कृषिमन्त्रीले वाणिज्यमन्त्रीलाई देखाए। वाणिज्यमन्त्रीले सचिवलाई दोष देखाए। प्रधानमन्त्रीले मन्त्रीहरुले पत्रको जानकारी नदिएको भन्दै बोले। कुशासन कस्तो रहेछ? 

यस्तै चीनको बिआरआई सम्झौताका लागि नेपालले सहयोगको अपेक्षा गर्यो। भएभरका २६ वटा आयोजना लिएर गए। चीनले यसका प्राथमिकताका क्षेत्र छुट्याउन भन्यो।  त्यसपछि ६ वटा प्राथमिकता टुंगाइयो। रेलका बारेमा अध्ययन नै गरिएको छैन। छलफल गहन रुपमा भएकै छैन। पूर्व तयारीमा मतलबै छैन। सत्ता भनेको मजाक र तमासा जस्तो ठानिएको छ। हावादारी,उद्दण्ड,असान्दर्भिक कुरा गर्ने प्रवृत्ति छ। सत्ता सञ्चालन भनेको सामान्य कार्य होइन। 

शिक्षा र स्वास्थ्यमा नीजि क्षेत्रलाई रोक्न सकिन्न
२०२८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री भएको समय सरकारले नयाँ शिक्षा योजना ल्याएको थियो। सामुदायिक विद्यालयहरुलाई सरकारीकरण गर्ने सरकारी नीति थियो।

योगी नरहरिनाथ जस्ता व्यक्ति ल्याएर शिक्षालाई सरकारीकरण गर्ने होइन भनी आवाज उठायौं। सबैलाई स्वतन्त्रता दिन समुदायले सञ्चालन गरेका विद्यालयलाई सरकार मातहत ल्याउन नहुने अडान लियौं। प्रधानाध्यापक भएको अनुभवका आधारमा भन्नुपर्दा समुदायले सञ्चालन गरेका विद्यालयको गुणस्तरमा कमी थिएन। विद्यार्थीहरुबाट सानो अंशमा लिइने शुल्क, समुदायबाट उठ्ने चन्दा विद्यालय चलेका थिए। स्थानीय समुदाय,चन्दादाता,शिक्षक अभिभावकहरु विद्यालय प्रति उत्तरदायी थिए। विद्यालयको परिणाम वृद्धिदरमा सबैको ध्याउन्न थियो। परीक्षाफल राम्रो भएन भने विद्यालय बदनाम हुने थियो। तसर्थ समुदायका सबै उत्तरदायी भएर काम गर्थे। सर्तक हुन्थे। जवाफदेहिता जिम्मेवारी अभिभावकप्रति थियो। 

नीजि विद्यालयले कतिपय सन्दर्भमा सकरात्मक परिणाम ल्याएको छ। विकृति र कमजोरी पनि छन्। विकृति हुनुको कारण सुशासनको कमी हो। आचरण व्यवहार हाम्रो उपयुक्त भएन। नीति मात्रै राम्रो भएन हुँदैन, त्यसको कार्यान्वयनका लागि प्रशासन र आचारण प्रमुख हुन्। भ्रष्टचार, राजनीतिकरण चरम छ। नेपालको अवस्था बिग्रनु नै अति राजनीतिकरण हो। कर्मचारीतन्त्र हेरौ,पुरै राजनीतिकरण भएको छ। संवैधानिक अंग पनि राजनीतिकरण भएका छन्। उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान दिने पद्धति छैन। 

सरकारीकरण भएपछि शिक्षकमा कस्तो प्रवृत्ति देखियो भने ‘हामी त सिंहदरबारका कर्मचारी हौ’ भन्ने मनोवृत्ति देखियो। त्यसपछि शिक्षाको गुणस्तर निरन्तर घट्यो। २०४८ मा बहुदलीय व्यवस्थापछिको सरकारले विकास निर्माणलाई ‘टोटल अपरेशन’को रुपमा अंगीकार गर्यो। विकासमा सरकारको मनोपोलि हटाउन कार्य भयो। नीजि तथा सहकारीलाई उसको भुमिका अनुसार विकासमा सहभागी बनाउने नीति लिइयो। विदेश वा स्वदेशी पुँजीलाई विकासमा योगदान गर्न दिनुपर्छ भन्ने मान्यता थियो। विकृत नआउन र परिणामा राम्रो ल्याउनका लागि नियमन भने सरकारले गर्नुपर्छ। शिक्षा,स्वास्थ्य, उद्योग लगायत हरेक क्षेत्रमा नियमन सरकारको हुनुपर्छ। अनुशासनमा राख्नलाई सरकारी नियमन हुनुपर्छ, तर निजि क्षेत्रको प्रवेशलाई रोक्नु हुँदैन। 

nimb
nimb
Ncell 2
Ncell 2

२०४८ सालमा कांग्रेसको सरकार हुँदा वर्षमा ४० जना डाक्टर उत्पादन हुन्थे। शिक्षण अस्पताल महाराजगन्जबाट मात्रै डाक्टर उत्पादन हुन्थे। नीजिको पनि प्रवेश भएपछि हाल वर्षमा एक हजार डाक्टर निस्किन्छन्। मेडिकल कलेज बढेका छन्। प्रश्न उठ्छ–नीजि महँगो भए, शुल्क बढी उठाए। नियमन गर्ने सरकारले हो। चार सय बढी त वर्षमा नीजि कलेजबाट छात्रवृत्तिमा पढेर आएका छन्। नकरात्मक मात्रै सोच्ने कार्य गलत हो। 

गलत तरिकाले शुल्क उठाएको वा शोषण भएको भए सरकारले नियन्त्रण गर्नुपर्छ। अनुचित लाभ शिक्षाबाट लिनुभएन। लगानीको न्युनतम प्रतिफल लगानीकर्तालाई प्राप्त हुनुपर्छ नै। सीमा भित्र राख्नु सरकारको दायित्व हो। २०४८ सालमा कांग्रेसकै सरकार हुँदा शिक्षकको संख्यामा एकैपटक उल्लेख्य वृद्धि भयो । प्राथमिकता,माध्यमिक विद्यालयहरु गाँउ गाँउमा बढे। प्रशासन सुधार आयोग पनि बनेको थियो। कर्मचारी दरबन्दी त्यसबेला १ लाख २ जना थियो।त्यसलाई घटाएर ७४ हजारमा ल्याइयो।

कांग्रेसले गरेका कार्यको प्रचार हामी गर्दनौं। कम्युनिस्टहरु प्रचारमुखी हुन्छन्। दलितका बच्चालाई स्कुल पठाउन प्रोत्साहन गर्न २५ वर्ष अघि नै मासिक ३० रुपैयाँ भत्ता प्रदान गरिएको थियो। १५ जिल्लामा महिला शिक्षक भएकाले महिला भत्ता दिने व्यवस्था त्यसैबेला गरिएको थियो।कम आय भएका दलित वर्गबाट  लगनशील र राम्रो अंक ल्याएकालाई उच्च तहसम्म भत्ता दिने व्यवस्था पनि कांग्रेसले सुरु गरेको थियो।

सरकारले गरेको लगानी नीजि क्षेत्रको भन्दा बढी छ। तर, उत्पादन र गुणस्तर सरकारी पक्षको लगानी अनुसारको छैन। गुणस्तर बढाउनुपर्ने विश्वविद्यालयहरुले सम्बन्धनलाई विकृत बनाएका छन्। कडाईका साथ यस्ता विकृतिलाई रोक्नुपर्छ। गुणस्तर नभएपनि पछाडीबाट पैसा खाएर सम्वन्धनका दिने गरिएको छ। शिक्षामा व्यापारीकरण पनि भएको छ। नेपालमा नीजि क्षेत्रलाई रोक्न त सकिन्न। ज्ञानको भोकलाई कसलै रोकेर रोकिने पनि होइन। 

नयाँ शिक्षा योजना आउँदा तत्कालीन समयमा डा हर्क गुरुङले भन्ने गर्नुहुन्थ्यो- सरकारी विद्यालयमा पढाई राम्रो हुँदैन भनी झन् विदेशिने बढ्ने रहेछन्। नीजिलाई बन्द गर्ने होइन, नीजि र सरकारी विद्यालयको शिक्षाको स्तरको विभेद हटाउनुपर्छ। सरकारी विद्यालयमा खर्च भएको छ। तर, शिक्षाको गुणस्तर सुधार हुन सकेको छैन। बजेट मात्रै दिएर गुणस्तर परिणाम राम्रो ननिस्कने अनुभव छ। उपयोग कति भइरहेको छ। त्यो मुख्य कुरा हो। परिणाम र उत्पादकत्वमा ध्यान दिनुपर्छ। व्यवस्थापनमा सुधार हुनुपर्छ।

आजको विश्वमा देशभित्र मात्रै व्यक्ति रहन चाहँदैन।पञ्चायतको व्यवस्था जस्तो अहिले छैन। पासपोर्ट पाउन नै समस्या भएको त्यो समयमा विदेशिन अप्ठ्यारो थियो। अर्थशास्त्रको विद्यार्थी भएकाले के धारणा राख्छु भने पुँजी, मानवश्रोत, प्रविधि, एउटा देशबाट अर्को देशमा जान रोकटोक हुनुहुँदैन। कामदारलाई पनि रोकटोक हुनुहुँदैन। शिक्षाकै लागि कोहि विदेश जान चाहन्छ भने रोक्न हुँदैन। देशमा रहन प्रोत्साहित गर्नुपर्छ। बाहिर जान प्रतिबन्ध लगाउनुहुँदैन। हामीकहाँ दुर्भाग्य के छ भने हामीलाई आवश्यक शिक्षा कम भयो। प्राविधिक शिक्षामा हाम्रो अनुभव अत्यन्तै कम छ। 

झन्डै आठ सय अर्ब रेमिट्यान्स वार्षिक रुपमा मुलुक भित्रिएको छ। सोचनीय पक्ष के छ भने हिन्दूस्तान जाने रकम वार्षिक ३ सय अर्ब छ। निर्माणका क्षेत्रमा भारतीय बढी छन्। काम गर्ने कल्चरलाई नेपाललाई प्रोत्साहन गर्नैपर्ने छ। नेपाल भित्रिएका कामदारहरुलाई प्रतिस्थापन मात्रै गर्न सकिएपनि चार सय अर्ब बचाउन सक्छौं।

सबै नकरात्मक मात्रै छैन। हाल ९८ प्रतिशत बालबालिका विद्यालय जाने गरेका छन्। ६० प्रतिशत बालिबालिकाबाट बढेर ९८ प्रतिशत विद्यालय जाने भएका छन्। माध्यमिक तहमा पुग्नेको संख्या पनि बढेको छ। दक्षिण एसिया अविकसित देशहरुबाट विकास गर्ने देशहरुमा नेपाल पनि परेको छ। 

२८ वर्षको अवधिमा ३० वटा सरकार बनेको बाबजुत सोसियल इन्डिकेटर (शिक्षा,स्वास्थ्य र ग्रामीण विकास)मा प्रगति गरेको छ। एसियामा उच्च मध्ये टप थ्रीमा पर्छ। युएनले प्रकाशित गरेको हुमन डेभपलेमेन्ट रिपोर्टमा प्रगति गर्नेहरुमा विश्वमा नेपाललाई विश्वमा टप टेनमा राखेको छ। प्रतिव्यक्ति आय कम हुँदा पनि सोसल इण्डिकेटरमा राम्रो स्थानमा राखिएको छ। आर्थिक उन्नति कम भए पनि गरिबी घटेको छ।

(नेपाल विद्यार्थी संघले राजधानीमा गरेको शैक्षिक बहसमा पूर्वअर्थमन्त्री डा महतले राखेको धारणामा आधारित)

प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  ०५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्