काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीको बैंकक बसाइ लम्बिएको छ। आज फर्कने योजनासहित बैंकक गएका ओली बिहीबार मात्र फर्कने भएका छन्।
नियमित स्वास्थ्योपचारका लागि ओली पुस २६ मा बैंकक गएका थिए। ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको र थप दुई दिन आराम गरेपछि बिहीबार फर्कने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।
ओलीको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको ओलीको सचिवालयले जनाएको छ।
ओली फर्किएपछि एमाले र माओवादी केन्द्रबीच राष्ट्रियसभाको उम्मेदवारको सिट बाँडफाँट तथा प्रदेशका विभिन्न पदहरुको टुंगो लगाउने तयारी छ। ओलीको भ्रमण लम्बिएपछि ती विषय लम्बिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।