कायरो- मुस्लिम ब्रदरउड समूहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय तोकेको छ।
इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीलाई अदालतले यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ।
अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्बन्धित अल अजार विश्वविद्यालय अहिले प्रतिबन्धित छ। यस्तै मुद्दामा गिजा अपराध अदालतले पनि तीन वर्ष जेल सजायको फैसला सुनाएको थियो।
पुनरावेदन अदालतको सन् २०१५ को फैसलालाई सदर गर्दै अन्तिम फैसला गरिएको हो।
पूर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्त गरिएको थियो। उनको समर्थनमा आम प्रदर्शन गरिएको थियो। सो क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी सयौंको मृत्यु भएको थियो भने हजारौं गिरफ्तार भएका थिए।
नेता मोर्सीको पक्षमा रहेको ब्रदरउडलाई आतंकवादी समूहको रुपमा प्रतिबन्ध समेत गरिएको थियो।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।