काठमाडौं– नेपाली कांग्रेसका १० जना युवा नेताहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी वैचारीक जागरण अभियान सुरु गर्न माग गरेका छन्।
शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले निर्वाचनमा भएको हारको बिशेष छानबिन समिति गठन गरी नियमित महासमिति बैठक बस्न माग गरेका छन्।
महासमिति सदस्य भुपेन्द्रजंग शाही, धर्मेन्द्र नेम्वाङ, विनिता अधिकारी, खड्ग डाँगी, सुनिता अधिकारी, रौतहटको परोहर नगरपाकिका मेयर सेख वकिल, बाग्लुङका क्षेत्रीय सभापति चिरञ्जिवी गौतम, लम्जुङका क्षेत्रीय सभापति वृर्षराज गुरुङ तथा बझाङका मञ्जीत ताम्राकार र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलिले विज्ञप्ती जारी गरी यस्तो माग गरेका हुन्।
पार्टीका हरेक तहमा ५० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्ने, भातृसंगठनलाई पूर्णता दिई पार्टी चुस्त बनाउन माग गरेका छन्। सुन्दर नेपाल–समृद्ध नेपाल अभियान समेत सुरु गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ।
चुनावमा पराजित भएपछि पार्टीका युवा नेताहरुले पार्टी नेतृत्वमाथि दबाब बढाउदै लगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।