काठमाडौं– नेपाली कांग्रेसका १० युवा नेताले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी वैचारिक जागरण अभियान सुरु गर्न माग गरेका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले निर्वाचनमा भएको हारको बिशेष छानबिन समिति गठन गरी नियमित महासमिति बैठक बस्न माग गरेका छन्।
महासमिति सदस्य भुपेन्द्रजंग शाही, धर्मेन्द्र नेम्वाङ, विनिता अधिकारी, खड्ग डाँगी, सुनिता अधिकारी, रौतहटको परोहर नगरपालिकाका मेयर सेख वकिल, बाग्लुङका क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, लम्जुङका क्षेत्रीय सभापति वृर्षराज गुरुङ तथा बझाङका मञ्जित ताम्राकार र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।
उनीहरुले पार्टीका हरेक तहमा ५० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्ने, भ्रातृ संगठनलाई पूर्णता दिई पार्टी चुस्त बनाउन माग गरेका छन्। सुन्दर नेपाल–समृद्ध नेपाल अभियान समेत सुरु गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
चुनावमा पराजित भएपछि पार्टीका युवा नेताहरुले पार्टी नेतृत्वमाथि दबाब बढाउँदै लगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।