बेंसीशहर- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन्।
लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा नेता खनालले फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुने दाबी गरे।
खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको उल्लेख गर्दै सरकार गठनअघि एमाले र माओवादी केन्द्रबीच एकता हुने बताए।
'हामीले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको छ', उनले भने, 'संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्छ।'
नेता खनालले लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने बताए।
'हामीले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र अझै कलिलो छ', उनले भने, 'अब बन्ने सरकारले सबैभन्दा पहिला लोकतन्त्रलाई बलियो र संस्थागत गर्नेछ।' (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।