काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ७० वर्षको इतिहासमा विकासका निम्ति राजनीति नभई राजनीतिको निम्ति विकास सुरु गरिने बताएका छन्।
काठमाडौंको तारेभीर महोत्सवको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले अब विकासको निम्ति राजनीति हुने बताए।
'राजनीतिका निम्ति विकास उपयोग हुने छैन', अध्यक्ष दाहालले भने।
आफू कुनै पनि मूल्यमा पार्टी एकता प्रक्रियाबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै दाहालले भने, 'नेपाल राष्ट्र र नेपाली जनताको आकांक्षा अनुरुप अगाडि बढ्ने संकल्प गरेका छौं। यो नयाँ युगको सुरुवात हुनेछ भन्ने विश्वास हामीले लिएका छौं।'
दाहालले साझा घोषणापत्रबाट चुनावमा प्रतिस्पर्धा गरेको र त्यसलाई अनुमोदन गरेकोमा जनतालाई धन्यवाद समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।