• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

मानव तस्करी : यसरी गरिन्छ नक्कली बिहे, दाँतका डाक्टरले दिन्छन् 'बर्थ सर्टिफिकेट'

64x64
नारायण अधिकारी मंगलबार, साउन ७, २०७६  १६:४५
1140x725

काठमाडौं– ‘दक्षिण कोरियामा रहेका श्रीमान्‌लाई भेट्न पाउने मेरो अधिकार हनन भयो। कोरिया प्रस्थानको अनुमति नदिँदा पटकपटक काटिएको टिकट रद्द गर्दा आर्थिक नोक्सानी भयो। अध्यागमनको निर्णय गैरकानुनी छ। परमादेश जारी गरी कोरिया प्रस्थानका लागि अनुमति पाऊँ।’ 

करिब दुई वर्षअघि यही व्यहोरा जनाउँदै सर्वोच्च अदालतमा निवेदन पर्छ। निवेदन हाल्ने व्यक्ति ओखलढुंगाको साबिक रुम्जाटार गाविसकी मेनुका राई (नाम परिवर्तन) हुन्। हाल उनको ठेगाना काठमाडौं महानगरपालिका–७ रहेको छ।

राईले अध्यागनमन विभाग कालिकास्थान र अध्यागमनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विपक्षी बनाउँदै निवेदन दिएकी थिइन्।

कोरियन नागरिक याङहयोनसँग आफ्नो विवाह भएको भन्दै राईले जन्म, मृत्यु र व्यक्तिगत घटना ऐन २०३३ बमोजिम स्थानीय पञ्जाधिकारीसमक्ष विवाह भएको प्रमाणपत्र समेत काठमाडौं महानगरपालिकाको कार्यालयबाट २०७२ चैत ५ गते लिएकी थिइन्। उक्त प्रमाणपत्र अनुसार २०७१ फागुन २८ गते उनीहरुको बिहे गरेको देखिन्छ। 

बिहे गरेपछि दुवै जना कोरिया जाने भन्दै कोरियन दूतावासमा कागजात पेस गरेको राईले सर्वोच्चमा दायर गरेको निवेदनमा उल्लेख छ। 

मानव तस्करले अमेरिका, युरोप, अफ्रिकी मुलुक र खाडी लैजान विभिन्न रुट प्रयोग गर्ने गरेका छन्। अधिकांशको सुरुवाती गन्तव्य भारतको दिल्ली रहेको छ। अमेरिका पुर्‍याउन तस्करले १३ देशको रुट प्रयोग गर्छन्।

महानगरपालिकाको विवाह दर्ता शाखाबाट दर्ता नम्बर ०७२/७३ (चलानी नम्बर ७७) को दुवै जनाको फोटो टाँसिएको प्रमाणित व्यहोरा, दक्षिण कोरिया जान आमाबाबुले मन्जुरी दिएको पत्र संख्या २०७२/७३ (चलानी नम्बर ५१) को ०७३ जेठ १३ गतेको सरजिमन मुचुल्का समेत गरेर ०७३ जेठ २४ र असार ६ मा अध्यागमनमा पेस भएको थियो। 

तर, अध्यागमनले श्रीमान्-श्रीमतीबीच बिहे भएको प्रमाणपत्र पेस गर्न नसेकको भन्दै कोरिया प्रस्थानको अनुमति दिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि उनी सर्वोच्चसम्म पुगेकी थिइन्। तर राई कोरिया जानकै लागि सर्वोच्चसम्म पुग्नुको पछाडि भने मानव तस्करहरुको हात रहेको बुझिएको छ। मोटो रकम लिएर कोरिया पठाउने योजनामा पटकपटक अध्यागमन बाधक भएपछि मानव तस्करकै समूहले उनलाई अदालतसम्म पुर्‍याएका थिए।

राईले अध्यागमनको २०७३ जेठ २४ गते चलानी नम्बर २०६५ को र असार ६ गते चलानी नम्बर २५३४ नम्बरको पत्रको निर्णय गैरकानुनी भएकाले त्यो खारेज गर्नुपर्ने, विपक्षीहरुको नाममा उपयुक्त किसिमले परमादेश जारी गरी पाऊँ भन्दै सर्वोच्चमा निवेदन पेस गरेकी थिइन्। 

सर्वोच्चले विवाह दर्ताको सक्कल प्रमाणपत्र पेस गर्न नसकेको, विवाह दर्ता ऐन २०२८ अनुसार विवाह दर्ता गर्नुपर्नेमा जन्म, मृत्यु र व्यक्तिगत घटना दर्ता ऐन २०३३ अनुसार स्थानीय पञ्जीकाधिकारीसँग व्यक्तिगत घटना प्रमाणित गराएको, विदेशी पुरुषसँग बिहे गरिसकेपछि आमाबाबु तथा अभिभावकले विदेशी नागरिकको घर जान लागेको हो भन्ने स्थानीय निकायको रोहबरमा मन्जुरीनामा नबनाएको पाइएको भन्दै गत भदौ १८ गते अध्यागनको निर्णय सदर गरेको थियो। 

त्यसपछि मोटो रकम लिएर कोरिया पठाउने मानव तस्करको योजना तुहिएको थियो। यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत अनौपचारिक जानकारी गराइएको थियो। तर घटना भएको एक वर्ष बितिसक्दा समेत  सम्बन्धित व्यक्तिहरु पक्राउ पर्न सकेका छैनन्। 

यसरी मानव तस्करहरुले नक्कली विवाह गरेर विदेश लैजाने गरेको सर्वोच्चको आदेशबाटै प्रस्ट भएको छ। 

दाँतको अस्पतालमा 'बर्थ सर्टिफिकेट'
मानव तस्करकै लागि नक्कली बिहे मात्रै होइन दाँतका डाक्टरले 'बर्थ सर्टिफिकेट' दिएको सम्मका घटना बाहिरिएका छन्।

गत बैसाख १९ गते कोरियन नागरिक किम नारा र पोखरास्थित जिनो अस्पतालमा कार्यरत चिकित्सक सन्तोषकुमार भट्ट पक्राउ परे। नक्कली कागजात बनाएर नेपाली बच्चा तस्करी गर्न लागेको थाहा पाएपछि उनीहरुलाई सिआइबीले पक्राउ गरेको थियो। 

मानव बेचबिखन ब्युरोले गत जेठ ३१ गते मात्रै क्यानडा पठाउने भन्दै दिल्ली पुर्‍याएर २५ लाख लुटपाट गरी बेहोस बनाएर मिर्गौला निकाल्न खोज्ने नुवाकोटको मेघाङ गाउँपालिका–५ का २६ वर्षीय योगेश सापकोटालाई पक्राउ गरेको थियो।

एक गरिब नेपाली दम्पतीको छोरालाई कोरियन महिला नाराले आफ्नो सन्तान भन्दै कोरिया लैजान लागेकी थिइन्। त्यसका लागि दाँतका चिकित्सक भट्टले आफ्नो अस्पतालमा नजन्मिएको बच्चालाई आफ्नो अस्पतालमा जन्मिएको भन्दै प्रमाणपत्र बनाइदिएका थिए। 

दाँतको अस्पतालमा बच्चा जन्मिएको सर्टिफिकेट बनाएर पोखरा महानगरपालिकाबाट कोरियन नागरिक नाराकै बच्चा भनेर जन्मदर्ता समेत बनाइएको थियो। सोही जन्मदर्ताको आधारमा कोरियन दूतावासबाट नाराले पासपोर्टसमेत बनाइसकेकी थिइन्। तर सोधपुछका क्रममा दाँतको अस्पतालबाट बर्थ सर्टिफिकेट लिएपछि नारा शंकामा परेकी थिइन्। अन्तत: पक्राउ परिन्। पक्राउ परेका दन्त चिकित्सक र कोरियन महिला नारा गत जेठ २३ गते पुर्पक्षका लागि कारागार चलान भए।

यसरी अनेक बहानामा मानव तस्करी हुने क्रम जारी छ। 

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गत जेठ ३१ गते मात्रै क्यानडा पठाउने भन्दै दिल्ली पुर्‍याएर २५ लाख लुटपाट गरी बेहोस बनाएर मिर्गौला निकाल्न खोज्ने नुवाकोटको मेघाङ गाउँपालिका–५ का २६ वर्षीय योगेश सापकोटालाई पक्राउ गरेको थियो। मानव तस्करको आरोपमा केही पक्राउ परे पनि केही भने अझै फरार छन्।

१३ देशको रुट प्रयोग गरी पुर्‍याइन्छ अमेरिका 
मानव तस्करले अमेरिका, युरोप, अफ्रिकी मुलुक र खाडी लैजान विभिन्न रुट प्रयोग गर्ने गरेका छन्। अधिकांशको सुरुवाती गन्तव्य भारतको दिल्ली रहेको छ। दिल्ली हुँदै दुबई भएर मानव तस्करले नेपालीलाई अफ्रिका लैजाने गरेका छन्।

                                                                                                                                                                                                  स्रोत : नेपाल प्रहरी

अमेरिका पुर्‍याउन तस्करले १३ देशको रुट प्रयोग गर्छन्। दिल्लीबाट सुरुमा तस्करले रुसको मस्को पुर्‍याउँछन्। त्यसपछि स्पेन, इक्वेडर, पानामा, कोस्टारिका, होन्डुरस, ग्वाटेमाला रुट भएर मेक्सिको हुँदै अमेरिका पुर्‍याउँछन्। नेपालबाट दिल्ली बसमा पुर्‍याउँछन्। दिल्लीबाट रुस, स्पेन र बोलिभियासम्म प्लेनमा लैजाने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। बोलिभियाबाट पेरु छिराउन भने तस्करले बसको प्रयोग गर्छन्। त्यसपछि पेरुबाट इक्वेडर र कोलम्बियाका लागि फेरि प्लेनकै प्रयोग हुन्छ। कोलम्बियाबाट पानामा जान भने दुई रुट छन्। त्यहाँ पानीजहाज कि त पैदलै जानुपर्ने हुन्छ। पानामादेखि कोस्टारिकाका लागि बस प्रयोग गर्ने तस्करले त्यसपछि निकारागुआ, होन्डुरस, ग्वाटेमाला र मेक्किकोसम्म प्लेन प्रयोग गर्छन्। अमेरिका पुग्न मेक्सिको अन्तिम रुट हो। यहीँबाट अमेरिका छिर्ने क्रममा कतिपयले त्यहीँ मृत्युवरण गर्ने गरेका छन्।

केही दिनअघि मात्रै यिनै १३ देशको रुट प्रयोग गरेर अमेरिका पुगेका दाङका १९ वर्षीय नरेन्द्र बस्नेतले ७६ लाख खर्चिएर फर्किएका छन्।  

युरोप जानका लागि भने तस्करले काठमाडौंबाट सिधै दुबई पुर्‍याउँछन्। त्यसपछि लिबिया, इटाली हुँदै युरोप पुर्‍याउने गरेका छन्।

खाडी मुलुकका लागि दिल्लीबाट मिजोरम हुँदै श्रीलंकाको रुट भएर तस्करले खाडी पुर्‍याउने गरेको पाइएको छ।

३६ विदेशीसहित ११ सय २२ पक्राउ, ६४५ अझै फरार
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ को चैत मसान्तसम्म मानव तस्करीको आरोपमा ११ सय २२ जना पक्राउ परेका छन्। 

आव २०७२/७३ मा २१२ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका थिए। मानव तस्करी गरेको आरोपमा १६३ पुरुष, ५७ महिला र ७ विदेशी नागरिकसहित २२७ जना त्यसबेला पक्राउ परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

तर सोही आर्थिक वर्ष मानव तस्करीमा संलग्न भएका १४७ पुरुष र ३५ महिला गरी १८२ जना भने अझै फरार छन्।

आव २०७३/७४ मा मानव बेचबिखनका २ सय २७ वटा मुद्दा दर्ता भएका थिए। जसमा वैदेशिक रोजगारीको प्रलोभनमा पारेर  ८१, धम्की दिएर २, विवाह गरेर ३८ र आर्थिक प्रभावमा  १०६ वटा मानव तस्करका घटना भएको भन्दै मुद्दा दर्ता भएको थियो। यसरी प्रहरीको डाटा हेर्दा धेरैजसो आर्थिक प्रलोभनमा पारेर मानव तस्करी हुने गरेको देखिन्छ।

त्यस आर्थिक वर्ष मानव तस्करहरुबाट पीडित हुने सबैभन्दा बढी १६ वर्षदेखि २५ वर्ष उमेर समूहका छन्। १६ वर्षदेखि २५ वर्षसम्मका १३९ जना, ६० वर्षभन्दा माथिका १ जना, १६ वर्ष भन्दा मुनिका २५ जना, ४६ देखि ६० वर्षसम्मका १५ जना, २६ देखि ३५ वर्षसम्मका ७३ जना र ३६ देखि ४५ सम्म २४ जना आर्थिक वर्ष २०७३/७४ मा पीडित भएका थिए।

यस आर्थिक वर्षमा मानव तस्करीको आरोपमा १८१ पुरुष, ८३ महिला र ८ विदेशी पुरुष र २ महिला गरी २७४ जना पक्राउ परेका थिए भने मानव तस्करीमा संलग्न ५ विदेशीसहित १३७ जना भने अझै पक्राउ पर्न सकेका छैनन्।

आव २०७४/७५ मा सबैभन्दा बढी ३०८ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका थिए। त्यसबेला १६ विदेशीसहित ३७६ जना मानव बेचबिखनमा संलग्न व्यक्ति पक्राउ परे। १२ विदेशीसहित २३३ जना भने अझै फरार छन्।

प्रहरीको तथ्यांक अनुसार आव २०७५/७६ को चैत मसान्तसम्म १६९ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन्। जसमा संलग्न ३ विदेशी नागरिकसहित २४५ जना कानुनी दायरामा आइसकेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विश्वराज पोखरेलले बताए। उक्त घटनामा संलग्न ४ विदेशीसहित ९३ जना भने अझै फरार छन्।

तस्करले यसरी प्रलोभनमा पारेर विदेश पुर्‍याएकाहरुले बन्धक र दासझैं जीवन बिताउनुपर्ने अवस्था आएको भनाइ छ। प्रहरीले यसरी बन्धक भएका व्यक्ति उद्धार गरिरहे पनि मानव तस्करमा संलग्न मुख्य अभियुक्त भने पक्राउ पर्न सकेका छैनन्।

यसरी आव २०७५/७६ को चैत मसान्तसम्म ३६ विदेशी नागरिकसहित ११ सय २२ जना पक्राउ परेका छन् भने २१ विदेशीसहित ६४५ जना अझै फरार छन्।

तस्करलाई कानुनी दायरामा ल्याउँछौं : एसपी थपलिया
मानव बेचबिखनको पछिल्लो ट्रेन्ड र प्रहरीले गरिरहेको कामबारे हामीले मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलियासँग कुरा गरेका छौं। उनका अनुसार विशेषत दुई किसिमले मानव तस्करी हुने गरेको छ। एक राम्रो रोजगारीको नाममा र अर्को उच्च शिक्षा तथा विकसित देशको ग्रिन कार्ड पाउने आश्वासन देखाएर।

रोजगारीको नाममा खाडी मुलुकमा र उच्च शिक्षा तथा ग्रिन कार्डको नाममा विकसित मुलुकमा मानव तस्करी हुने गरेको छ।

तस्करले यसरी प्रलोभनमा पारेर विदेश पुर्‍याएकाहरुले बन्धक र दासझैं जीवन बिताउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

प्रहरीले यसरी बन्धक भएका व्यक्ति उद्धार गरिरहे पनि मानव तस्करमा संलग्न मुख्य अभियुक्त भने पक्राउ पर्न सकेका छैनन्।  यसबारे एसपी थपलियाले भने, ‘मानव तस्करका मुख्य अभियुक्तहरु विदेशमा लुकेर बसेका हुन्छन्। अब मानव तस्करमा संलग्न त्यस्ता व्यक्तिलाई तिनीहरुको नेटवर्क पत्ता लगाएर कानुनी दायरामा ल्याउँछौं।’

मानव तस्करबाट बच्नका लागि नेपाल सरकारले श्रम स्विकृति दिएको स्थान र देशहरुमा जाने, नेपाल सरकारमा दर्ता भएका म्यानपावर र कन्सल्टेन्सीमार्फत विदेश जानेलगायत कुरामा ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। (मुख्य तस्बिर स्रोत : middleeastmonitor.com)

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्