काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ।
नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव एलिस दाहालले जानकारी गराए।
‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले भने –‘‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ।’’
अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा बैंककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन्।
उनी पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टका साथमा बैकक गएका हुन्। अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।