खाँदबारी- संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको पनि मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म कटुवाल र सुरेश राईको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, बा ५ च १३०९ नम्बरको जिप मकालु गाउँपालिका ३ सामाटारमा दुर्घटना भएको हो। प्रहरी टोली घटनास्थल पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।