लिमा, पेरू - पेरुको सामुद्रिक क्षेत्रमा आइतबार विहान ७.३ म्याग्निच्युडको भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको छ।
भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ।
अमेरिकी भूगर्भ विभागले पेरूमा आज गएको भूकम्पको प्रारम्भिक धक्का ७.३ म्याग्निच्युड भएको जानकारी गराइएको छ। समाचार तयार पार्ने वेलासम्म भूकम्पका कारण कोही घाइते भएको जानकारी प्राप्त भएको छैन।
भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको विभागले जनाएको छ।
अमेरिकी–प्यासिफिक सुनामी सतर्कता केन्द्रले भूकम्प लगत्तै पेरु र चिलीका केही भागमा सुनामीका छाल आउनसक्ने चेतावनी दिएको थियो । तर उक्त केन्द्रले केही समयपछि पुनः विज्ञप्ति जारी गरी भूकम्पका कारण सुनामीको खतरा नदेखिएको जानकारी गराएको छ। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।