• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

घुसकाण्डमा किन फस्छन् इन्जिनियर?

64x64
नेपाल लाइभ सोमबार, साउन ६, २०७६  ११:५५
1140x725

साउन ३ र ४ गते 'इन्जिनियर्स डे' भव्यताका साथ सम्पन्न भएको छ। काठमाडौंमा सम्पूर्ण इन्जिनियरको क्षमता वृद्धि, पेसागत हकहित र व्यावसायिकताका बारेमा गहन छलफल भइरहेको बेला देशका विभिन्न ठाउँबाट घुस रकमसहित इन्जिनियरहरु धमाधम अख्तियार र प्रहरीको फन्दामा परिरहेका समाचार आइरहेका छन्। 'इन्जिनियर्स डे'को समापन भएलगत्तै धेरै राष्ट्रिय पत्रिका र अनलाइनमा 'ढिलो आयो कडा आयो' शैलीमा 'इन्जिनियरले भरियो अख्तियारको हिरासत' भन्ने समाचार भाइरल नै बने। उता इन्जिनियर्स डेको कार्यक्रममा भने पुराना र अनुभवी इन्जिनियरहरु अख्तियारले गर्दा काम गर्न नसकेको र झुट्टा मुद्दामा फसाइएको भन्दै बहस गरिरहेका थिए।

'पैसा देखेपछि महादेवका पनि तीन नेत्र' भन्ने उखानै छ। महादेवका तीन नेत्र हुन्छन् भने इन्जिनियर त साधारण मान्छे। हाम्रो कर्मचारीतन्त्र नै घुसखोरीमा चुर्लुम्म डुबेको छ। दैनिक सयौं ठूलासाना घुसकाण्ड भइरहेका हुन्छन्। तर निकै थोरै मात्र प्रहरी र अख्तियारको फन्दामा परेका देखिन्छन्। 

पैसाको पछि लागेर आफ्नो र घर परिवारको मात्र होइन, सम्पूर्ण पेसाकै बदनाम गर्नेलाई समाजबाट बहिस्कार गर्नुपर्ने बेला आएको छ। इन्जिनियर्स एसोसिएसनले अनैतिक काम गर्नेलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई सहयोग गर्नुपर्दछ। 

घुसको लेनदेन एकपक्षीय रूपमा हुने होइन पनि होइन। दुई पक्षबीच सहमति भएपछि मात्र यस्तो काम हुने हो। एक पक्षले विश्वास तोडिदिँदा वा अर्को पक्षलाई फसाउने उद्देश्य राखेर गरेका क्रियाकलापले गर्दा प्रहरी वा अख्तियारको फन्दामा पुग्ने हुन्। 

यो मामलामा इन्जिनियर अन्य कर्मचारीभन्दा कम अनुभवी देखियो। अर्थात् धेरै फस्न थाले। लामो समयदेखि के पनि देखिएको छ भने प्रशासनिक क्षेत्रका कर्मचारी घुससहित अख्तियारले पक्राउ पर्दा पनि पछि निर्दोष भन्दै अदालतबाट सफाइ पाएका थुप्रै उदाहरण छन् भने अधिकांश इन्जिनियरले भने मुद्दा हारेका छन्।  

समाजमा इन्जिनियर घुस्याहा र जँड्याहा हुन्छन् भन्ने छाप परेको लामै समय भयो। यो छाप त्यसै परेको पनि होइन। हाम्रा केही (सबै होइन) अग्रजले निर्माण कार्यको निरीक्षणमा जाँदा निर्माण व्यवसायीको आग्रहमा साइटमा नपुगी बाटोकै भट्टीमा समय बिताएर फर्किने, कामको गुणस्तरमा ध्यान नदिने, बिल बनाउदा परिणाममा तलमाथि पार्ने काम नगरेका पनि होइनन्। अनि सोही कामको फरफारक गर्दा निश्चित प्रतिशत 'पिसी' लिने प्रचलन पनि चलेकै हो। यो एउटा परम्परा जस्तो बन्दै आएको छ।  यसमा निर्माण व्यवसायी र इन्जिनियर दुवैको दोष छ। 

अधिकांश इन्जिनियरका परिवार समाजमा छुट्टै रवाफका साथ प्रस्तुत हुने थाले। समाजले इन्जिनियर र उसका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदै गयो। त्यसैले विलासिता पूरा गर्ने माध्यम बनेको छ, घुस।

अर्कोतिर घुस नदिने र ठिक काम गर्ने निर्माण व्यवसायीको बिल पास नगरिदिँदा उनीहरु बाध्यतामा पनि परेको देखिन्छ। अहिले पनि इन्जिनियरलाई प्रलोभन देखाएर अनैतिक प्रलोभन पार्ने क्रम चलिरहेकै देखिन्छ। यी सबै प्रलोभनका आश्वासन नकारिदिने हो भने यस्ता काण्ड हुने नै थिएनन्। केही इन्जिनियर 'प्रोफेसनल इथिक्स'मा अडिग नरहँदा सम्पूर्ण पेसा नै बदनाम भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसरी पेसामा आँच आउनका पनि कारण छन्। अधिकांश इन्जिनियरका परिवार समाजमा छुट्टै रवाफका साथ प्रस्तुत हुने थाले। समाजले इन्जिनियर र उसका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदै गयो। श्रीमतीले महँगा गहना र पोसाक लगाउनुपर्ने, छोराछोरीलाई महँगा स्कुल पढाउनुपर्ने, ठूला सहरमा घडेरी र घर जोडनुपर्ने लगायतका विषय काविल इन्जिनियरका विशेषता बनाइएको छ। यही मानसिकता नयाँ इन्जिनियरमा पर्न गएको छ। सत्य हो, सरकारी तलबले  यी सबै कुरा पूरा गर्न सकिन्न। त्यसैले विलासिता पूरा गर्ने माध्यम बनेको छ, घुस।

अर्कातर्फ महँगो शुल्क तिरेर निजी कलेजमा पढनेहरुको जमात बढ्दो छ। जागिर सुरु गरिसकेपछि खर्च उपर गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर परिवारको आवश्यकता पूरा गर्नुपर्ने अवस्था। प्रायजसो आमाबुबामा छोरो इन्जिनियर बनेर देश निर्माणमा केही सहयोग गर्ला भन्ने भावनाभन्दा पनि पैसा कमाउँछ भन्ने मनोदशा मात्र व्याप्त छ। चाहे सन्तानले सत्कर्म गरोस् वा भ्रष्टाचार नै किन नगरोस्; वा घुस नै किन नखाओस्, पैसा मात्र जमाओस् भन्ने भावना छ। सोही मनोदशा पछ्याउन युवा इन्जिनियर पनि बाध्य छन्, जानाजान घुस खान। उनीहरूलाई मानसिक दबाब पनि छ।

सम्पूर्ण कर्मचारी (इन्जिनियर समेत) मा के सोचाइ छ भने घुस लेनादेना गरिहालौं, पक्राउ परेमा कुनै राजनीतिक नेता वा पार्टीको फेरो समाएपछि शुद्ध भइहालिन्छ। हाम्रो राजनीतिक नेतृत्व यति भ्रष्ट छ कि, घुस खाएका कर्मचारीलाई पनि जोगाउँछन्।

सम्पूर्ण कर्मचारी (इन्जिनियर समेत) मा के सोचाइ छ भने घुस लेनादेना गरिहालौं, पक्राउ परेमा कुनै राजनीतिक नेता वा पार्टीको फेरो समाएपछि शुद्ध भइहालिन्छ। हाम्रो राजनीतिक नेतृत्व यति भ्रष्ट छ कि, घुस खाएका कर्मचारीलाई पनि जोगाउँछन्। अदालतमा त्यही अवस्था छ। यस्तो अवस्थामा कर्मचारीतन्त्रमा सुधार ल्याउन निकै मुस्किल छ। आफ्नो मातहतका कर्मचारीलाई पूर्ण व्यावसायिक रुपमा काम गर्न लगाउने र प्रोफेसनल इथिक्सभित्र रहन बाध्य पार्नुपर्ने उपल्लो तहका कर्मचारीलाई 'पिसी'को निश्चित प्रतिशत रकम पुग्ने गरेको त छर्लंगै छ। यस्तो कर्मचारी र नेतृत्वबाट के आशा गर्ने?

आफ्नै अनुभव
२०५१ सालमा जुनियर इन्जिनियर (ओभरसियर) को रुपमा एक पहाडी जिल्लाको खानेपानी कार्यालयमा मैले जागिर सुरु गरेको थिएँ। तलब २ हजार ९ सय ८० थियो जस्तो लाग्छ। जागिर गरेको तेस्रो दिनमै एक सहकर्मीबाट ५ हजार नगद प्राप्त भयो। उनले भने, 'पाइप आपूर्ति गर्ने व्यवसायीबाट प्राप्त 'पिसी' तपाईंको भागमा यति पर्‍यो।' तलबभन्दा निकै धेरै रकम अफिस सुरु गरेको ३ दिनमै केही काम नगरी प्राप्त हुँदा म अचम्मित बनेँ। 

केही सातापछि साइट निरीक्षणमा जिल्लाका केही गाउँ जानुपर्ने भयो। ठेकेदारसँगै साइट जानुपर्ने हुँदा बाटोमै उनीहरूले अलमल्याएर साइटमै नपुग्ने अवस्था हुन्थ्यो भने धेरै लोकल कुखुरा सहिद बन्थे। मेरो एक्लो प्रयासमा मैले केही गर्न सक्ने अवस्था पनि थिएन। मुख्य ठेक्का गर्दा नै बाँकी रहेको रकम कोटेसनमा काम दिएर सकाउने चलन थियो। सोबापत बेलाबेलामा 'पिसी' प्राप्त हुन्थ्यो । इन्जिनियरले ८० प्रतिशत आफू राखेर ओभरसियर र लेखापाललाई अलिअलि दिन्थे। 

यो परिवेशमा फिट हुन्न भनेर मैले ८ महिनाजति काम गरेपछि राजीनामा गरेर हिँडेको थिएँ। मलाई के अनुभव भयो भने ओभरसियर पढाइमा प्रोफेसनल इथिक्सका कुरा नहुने गर्दा युवा जानीनजानी अनैतिक क्रियाकलापमा फस्ने गर्दछन्।

उपभोक्ता समितिले आफ्नै गाउँठाउँको कामको पैसा झ्वाम पार्न निकै आकर्षक प्रस्ताव ल्याउँथे। अन्तत: यो परिवेशमा फिट हुन्न भनेर मैले ८ महिनाजति काम गरेपछि राजीनामा गरेर हिँडेको थिएँ। मलाई के अनुभव भयो भने ओभरसियर पढाइमा प्रोफेसनल इथिक्सका कुरा नहुने गर्दा युवा जानीनजानी अनैतिक क्रियाकलापमा फस्ने गर्दछन्। बिई (इन्जिनियरिङ) मा प्रोफेसनल इथिक्सको केही पढाइ त हुन्छ तर न कलेजले, न विद्यार्थीले यो विषयलाई गम्भीरतापूर्वक लिन्छन्। अर्थात्, व्यावसायिक इन्जिनियर उत्पादन गर्ने हाम्रो आधार नै निकै कमजोर छ।

अन्त्यमा,
पैसा सबैलाई आवश्यक छ। तर पैसाको पछि लागेर आफ्नो र घर परिवारको मात्र होइन, सम्पूर्ण पेसाकै बदनाम गर्नेलाई समाजबाट बहिस्कार गर्नुपर्ने बेला आएको छ। इन्जिनियर्स एसोसिएसनले सम्पूर्ण सदस्यलाई पेसाप्रति इमानदार बन्न प्रेरित गर्ने मात्र होइन, अनैतिक काम गर्नेलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई सहयोग गर्नुपर्दछ। 

इन्जिनियरिङ काउन्सिलले त्यस्ता इन्जिनियरलाई आजीवन पेसागत काम गर्न नदिने गरी कारबाही गर्नुपर्दछ। यही समाजमा कैयौं इन्जिनियरले आफ्ना परिवार राम्रोसँग पाल्न सकेका छैनन्। तर पनि पेसागत मर्यादाबाट विचलित भएका छैनन्। त्यस्ता इन्जिनियरले पनि समाजका केही घुसखोरका कारण अपहेलित हुनुपरेको छ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्