काठमाडौं– वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकन मुलुक केन्यामा प्रकाउ परेका १२ जना नेपाली महिलाको उद्धार गरिएको छ।
केन्यामा रहेको गैर आवासीय राजनितिक मिसन, दक्षिण अफ्रिका स्थित नेपाली दूतावास, डिसिआई लगायत अन्य संघसंस्थाहरूको सहकार्यमा र अन्तरार्ष्ट्रिय आप्रवासी संगठनको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो।
उद्धार गरिएका १२ जना नेपाली महिलाहरूलाई बिहीबार काठमाडौं ल्याइएको मानव बेचविखन अनुसन्धान व्यूरोले जानकारी दिएको छ।
नेपाल ल्याइएका महिलाहरूलाई मानव तस्करहरूले काँकडभिट्टा हुँदै सिलगुडीबाट मुम्बई पुर्याएको र मुम्बईको एअरपोर्टबाट केन्याको मुम्बासा पुर्याइएको व्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मुम्बासा सहरस्थित रंगिला डान्सबारमा केन्या प्रहरीले छापामार्दा १२ जना नेपाली युवतीहरू पक्राउ परेका थिए।
प्रहरीले डान्सबार लगायत अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरेको थियो। फर्काइएका युवतीहरूका बारेमा थप अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए।
यो पनि :
लालसाले 'यौन दासी' बन्न केन्या पुग्छन् नेपाली युवती
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।