• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लालसाले 'यौन दासी' बन्न केन्या पुग्छन् नेपाली युवती

64x64
नेपाल लाइभ आइतबार, असार ८, २०७६  २१:१३
1140x725

केन्याको अम्केइ प्लाजास्थित रंगिला ग्रिल तथा बारमा पक्राउ परेकामध्ये केही महिला। तस्बिर : स्टायन्डर्ड


नैरोबी, केन्या- असली बाई (उमेर २० वर्ष परिवर्तित नाम) नेपालमा रहेको परिवारलाई सहयोग पुर्‍याउने बाटो खोज्ने आशाले गत वर्ष नोभेम्बरमा केन्या आइन्। बुढा बुवा आमाले विद्यालयको शुल्क तिर्न नसकेका कारण ७ वर्षमै विद्यालय छाड्न बाध्य भई केन्या आएकी र यौन दासी बनेकी युवतीलाई उनले भेटिन्। 

यौन दासी 
असली परिवारका ७ सन्तानमध्ये जेठी हुन्। विद्यालय छाडेपछि पैसा कमाउन उनी नर्तकी बनिन्। कामकै दौरानमा आफूलाई 'विश्वास' भनेर चिनाउने  दलालसँग उनको भेट भयो। उसलाई उनले आफ्नो समस्याको बेलीविस्तार लगाइन्। उसले केन्यामा कामका लागि प्रस्ताव गर्‍यो। ‘विशालले नर्तकी खोजी रहेको एउटा मान्छे चिनेको छु भन्यो, म उत्साहित भएँ, ‘उनी भन्छिन्, ‘उसले मलाई आसिफसँग चिनजान गरायो।’ असिफसँग चिनजान भएको हप्तादिनमै उनले केन्याली सहर मुम्बासा आउन राहदानी र हवाई टिकट पाइन्। 

नोभेम्बर १२ मा उनी मुम्बासा सहरको मोइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगिन्। उनलाई त्यहाँ आसिफले ग्रहण गरे। आसिफले बम्बुरीको एउटा घरमा लिएर गए। एक दिन आराम गर्न अनुमति दिए। त्यसपछि उनको नयाँ जागिरका लागि आसिफले ‘रिपोर्ट’ गरिदिए। न्यालीको न्यू रंगिला बार नामक एक रेष्टुरेन्टमा ‘डान्सिङ गिग’मा उनले मुजरा नामक नृत्य अभ्यास गरिन्। त्यसपछि आसिफले उनको राहदानी कब्जा गरे। 

केन्यामा रहेको अन्तर्राष्ट्रिय मानव बेचबिखन संस्थाका लागि अनुसन्धान गर्ने प्रहरीसँग आफ्नो व्यथा बताउने ४ महिलामध्ये असली एक हुन्। उनको भनाईले प्रस्टै बताउँछ कि केन्या कसरी यौन र बाल दासीका ‘ट्रान्जिट’ र संकलन केन्द्रको गणतव्य हो भने। 

प्रहरी अनुसन्धानको मुख्य ठाउँ न्यू रंगिला क्लब हो, जहाँ युवती नृत्य पस्किन्छन्। यो क्लब उनै आसिफको होऽ जो मुम्बासाका ठूला व्यवसायी हुन्। उनी राम्रो पहुँच भएका व्यवसायी हुन्। उनले सन् २०१४ देखि यो क्लब संचालन गरिरहेका छन्। हामीले प्राप्त गरेको कागजातले उनीसँग क्यानडा र बेलायतको राहादानी भएको देखाउँछ। उनको फेसबुक प्रोफाइल अनुसार उनले कथित स्वतन्त्र पत्रिका प्रकाशक र डिजिटल मिडिया कम्पनी क्यानडा वाइड मिडियामा पनि आवद्ध छन्। 

गोप्य कोठा
विवाहित उनी बेलायत र क्यानडामा रहेका विश्वविद्यालय र विद्यालयमा अध्ययन गरेको दाबी गर्छन्। केन्याली समुन्द्री तटमा उनको केही प्रसिद्ध व्यापारीसँग सम्बन्ध रहेको मानिन्छ। सुरक्षा क्षेत्रमा पनि उनको सम्पर्क छ जसका कारण उनलाई पक्रन निकै कठिन छ। 

अहिले उनीमाथि मानव तस्करी, मानव तस्करी वृद्धि र महिलाको राहदानी कब्जा गरेर यात्रा कागजातमा हस्तक्षेप गरेको आरोप लागेको छ। न्यू रंगिला बार मानव बेचबिखनका लागि प्रयोग गरेको आरोप पनि उनीमाथि छ। यो क्लब केही मानिसका लागि मात्रै खुला हुन्छ, जसले महंगो प्रवेश पास र ‘टिप्स’का लागि पैसा तिर्न सक्छन्। ‘जब तपाईं क्लब जानुहुन्छ, ढोका सँधै बन्द हुन्छन् र एकजनाले मात्रै ढोका ढकढक्याउनुपर्छ। त्यहाँ गार्डले जाँच गर्छन् र यदि तपाईंलाई चिनेमा मात्रै प्रवेश गर्न दिइन्छ,’ उक्त क्लब गएका तर नाम उल्लेख गर्न नचाहने एक जनाले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

मुजरा दक्षिण एसियामा उत्पत्ति भएको महिलाले नाँच्ने एक कामोत्तेजक नृत्य हो। ‘रेष्टुरेन्टमा गएका दशर्कले नर्तकीलाई मनोरन्जनवापत ‘टिप्स’ दिन्छन् र यदि कुनै महिलाप्रति आर्कषित भए उनले ती महिलालाई रेस्टुरेन्टको गोप्य कोठमा लैजान्छन्। त्यसबापतको छुट्टै पैसा तिर्छन्,’ उक्त क्लब गएको एक स्रोतले भन्यो। 

नर्तकी प्रत्येक महिलालाई ‘निक नेम’ दिइएको हुन्छ। प्रत्येक रातका लागि पैसाको ‘टार्गेट’ पनि दिइएको हुन्छ। उनीहरुले महिनाको ५० हजार सिलिङ (केन्याली मुद्रा) देखि ८० हजार सिलिङसम्म पाउँछन्।

तर, प्रत्यक्ष रुपमा भने १० हजार देखि १५ हजार सिलीङसम्म मात्रै पाउँछन्।

उनीहरुका अनुसार सबै महिला न्यालीको एउटै अपार्टमेन्टमा सँगै रहन्छन्। उनीहरुलाई रातमा क्बलमा गएको बेला र महिनामा एकपटक ‘आउटिङ’ बाहेक बाहिर जाने आउनुमित हुँदैन्। त्यो पनि क्लब कर्मचारीले निगरानी गरिरहेका हुन्छन्।

Xtrem

Xtrem

मासिक टार्गेट
संजिता आले (२६ वर्ष) उक्त अपार्टमेन्टमा अरु १० महिलाका साथ १० महिना बसिन्। जुन बेला उनलाई केबल साँझ ९ देखि १० बजेको बीचमा मात्रै बाहिर जान दिइन्थ्यो।

जब उनी न्यू रंगिला क्लब जान्थिन्, बिहान ३ बजेतिर मात्रै अपार्टमेन्टमा फर्किन्थिन्।

आफू बस्ने अपार्टमेन्टको वरपरको बारे उनलाई थोरै मात्रै थाहा थियो।

‘हामीलाई काममा जाने बाहेक अरु बेला घर छाड्न अनुमती थिएन्,’ उनी भन्छिन्, ‘महिनामा एक दिन मात्रै मालिक साथसाथै रहेर हामीलाई विदा दिइन्थ्यो।’ 

उनी थप्छिन्, ‘साँझ ३ देखि ६ बजेको समयमा बाहेक अरु समयमा महिलालाई उनीहरुको फोन प्रयोग गर्न दिइँदैन्थ्यो।’

आसिफकोमा नाँच्ने मञ्च भएकी संजितालाई मासिक ४ लाख सिलीङ (केन्याली मुद्रा) टार्गेट थियो र उनले तलब वाफत मासिक ८० हजार सिलीङ पाउँथिन्।

‘मञ्चमा ग्राह हामीलाई टिप्स दिन्थे, जसलाई एक बाल्टीमा हालिन्थ्यो जहाँ प्रत्येक नर्तकीको नाम लेखिएको हुन्थ्यो,’ उनको भनाई छ। प्रत्येक महिना आसिफको परिवारलाई पठाउनका लागि उनका एक कर्मचारीबाट ६० देखि ७० हजार सिलिङ निकालिन्थ्यो। 


गत १२ अप्रिलमा केन्याको न्यालीस्थित न्यू रंगिला क्लबमा कार्यरत नेपाली युवत पक्राउ परेपछि न्याली प्रहरी चौकीमा। उनीहरुलाई बारमा यौण शोषण समेत गरेको बतान्छ। तस्बिर : नेसन मिडिया ग्रुप

आर्थिक अभावका कारण सानै उमेरमा विद्यालय छाडेकी रन्जिता बिकको पनि उस्तै कहानी छ।

३० वर्षीया उनले केन्यामा नाँच्न सुरु गरिन र त्यही क्रममा उनले उन जस्ताका लागि केन्याले धेरै अवसर र धेरै प्याकेज उपलब्ध गराउँछ भन्ने जानिन्।

‘मेरो एकजना साथीले आसिफसँग चिनजान बनाइदिएको थियो,’ उनी भन्छिन्, ‘उसले फोनबाट  मेरो अन्तर्वार्ता लियो। मैले उसलाई एक महिनाको तलब पहिले नै मागेँ। उसले मेरा लागि हवाई टिकेट किनिदियो। बैंक ऋण तिर्न र कपडा किन्न ८० हजार सिलीङ पठाइदियो। 

रन्जिता गत वर्षको अगस्टमा मोम्बासाको मोई अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वेश पर्किन्। विमानस्थलममा उनले आसिफ र उनका चालकलाई भेटिन जसले उनलाई पर्खिरहेका थिए। त्यहाँ आसिफले उनलाई राहादानी हस्तान्तराण गरे। ‘अपार्टमेन्टमा मैले ८ जना नेपाली महिला भेटाएँ,’ उनी भन्छिन्, ‘त्यही साँझको करिब ९ बजेतिर हामीलाई गाडीले लगेको थियो र क्लबमा पुर्‍याइ दिएको थियो।’

रन्जितालाई महिला आन्दोलनमा जान प्रतिवन्द्ध थियो। आफैं उनलाई कतै जान या आपर्टमेन्ट छाड्ने अनुमित थिएन्। उनलाई केबल अपार्टमेन्टबाट उठाइन्थ्यो र क्बल पुर्‍याइन्थ्यो। 

प्रहरी छापा
उनीहरुको सबै खर्च मालिकले तिरिदिन्थेँ। धेरै समय उनीहरुको फोन उनीहरुबाट टाढै राखिन्थ्यो, विशेष गरि रातको समय। ‘कामका सममाय हामी सबैसँग हाम्रा नाम लेखिएका बाल्टिन हुन्थेँ,’ उनी भन्छिन्, ‘वेइटरले ग्राहाकसामू त्यो बाल्टिन राखिदिन्थेँ। प्रत्येकका लागि आआफ्नै टार्गेट हुन्थ्यो। मेरो मासिक ४ लाख सिलीङ थियो।’

कहिलेकाँही उनीहरुले ग्राहाकबाटै प्रत्यक्ष पैसा पाउँथे र अधिकांश समय त्यो पैसा बाल्टिनमा राखिन्थ्यो। मासिक ८० हजार सिलीङ तलब बुझ्ने रन्जिताले घर पठाउनका लागि केबल १० हजार सिलीङदेखि १५ हजारसम्म लिन पाइन्थ्यो। 

यो वर्षको अप्रिल १३ सम्म सबै चिज ठीकठाकै गइरहेको थियो। जासुसले करिब रातको ३ बजे क्लबमा छापा मारे। ‘म मञ्चमा नाचिरहेका बेला प्रहरी आयो,’ उनले भनिन्, ‘तिनीहरुले आफै आफ्नो परिचय दिए अनि हामीले बस्न निर्देशन दिए। उनीहरुल केही तस्बिर ल्याए त्यसपछि हामीलाई प्रहरी चौकीमा लगे जहाँ मलाई केही बयान दर्ता गर्नका लागि आग्रह गरियो।’

सञ्जु नाम गरेकी विवाहित अर्की महिलाले उनलाई केन्यामा काम गरेका एकजना साथीले नाच्ने कामबारे जानकारी गराएको थियो। ‘गरिबीले मलाई विद्यालयबाट निकालेपछि मैले मेरो भाग्य परीक्षण गर्ने निर्णय गरेँ,’ उनले भनिन्, ‘स्कुल छाड्ने बित्तिकै मेरो बिहे भयो। श्रीमान् घर बनाउने मजदुर थिए त्यसैले हाम्रो भविष्य उज्जल बनाउ मलाई धेरै पैसा चाहिन्थ्यो।’

आफूलाई रोजगारका लागि नियुक्ति गर्ने आसिफसँग उनी जोडिएकी थिइन जसले टेलिफोनमा अन्तर्वार्ता गरेर उनलाई कामको प्रस्ताव गरेका थिए। उनी केन्या प्रस्थान गर्नुअघि उनको तवल स्वरुप पहिले नै ६० हजार लिलीङ पठाइदिएका थिए। 

उनका अन्य सहकर्मी जस्तै उनको पनि आउने बित्तिकै राहादानी खोसिएको थियो र अन्य १० जनासँगै बम्बुरी अपार्टमेन्टमा सिमित गरिएको थियो। ‘काममा जानका लागि हामीलाई अपार्टमेन्टबाट लगिन्थ्यो र फेरी त्यही ल्याइन्थ्यो,’ उनी भन्छिन्, ‘हामीलाई अपार्टमेन्ट छाड्ने अनुमित थिएन्। अरु समय पनि हामी मालिकको निगरानीमा घरमा छाडिन्थ्यौं र मालिकले हामी आर्पाटमेन्टमा फर्किएको निधो गर्थे।’

यौन शोषण
सञ्जुको मालिकले उनको ६० हजार सिलीङमध्ये ५० हजार सिलीङदेखि ५५ हजार सिलीङ नेपालमा उनका परिवारलाई सिधै पठाइ दिने भनेका थिए।

‘मलाई मासिक ५ हजार सिलीङ देखि १० हजार सिलीङ मात्रै मलाई दिइन्थ्यो,’ उनले भनिन्, ‘बाँकी पैसा मालिकले सिधै मेरो श्रीमान्लाई पठाउथे।’

त्यहाँ १२ जना नेपाली महिला थिए जो अप्रिलको मध्य रातमा मानव बेचविखन विरुद्ध काम गर्ने प्रहरीको छापामा पक्राउ परेका थिए।

ती महिलाई यो महिनाको अन्तमा स्वदेश फर्काउने आसा गरिएको छ। 

संयुक्त राष्ट्रसंघको बेचबिखन रिपोर्ट २०१८ अनुसार मानव तस्करीको मुख्य कारण यौन शोषण र बलपूर्वक काममा लगाउनु थियो।

बेचविखनमा परेकामध्ये करिब ५० प्रतिशत यौन शोषणका लागि तस्करी गरिन्छ। जबकी ४९ प्रतिशत बलजफ्ती श्रमका लागि किनबेच हुन्छ।

बाँकी १ प्रतिशत भने अन्य कामका लागि तस्करी गरिन्छ। बुहमत पीडित महिला र बालबालिका छन्। उक्त रिपोर्टले तस्करीमा पर्नेको संख्या बढी रहेको समेत देखाएको छ। 

दुई बालबालिका
मानव तस्करी विरुद्धको गैर सरकारी संस्था, ट्रेस केन्याका कार्यकारी निर्देशक पौल अधोत्त विदेशीलाई केन्या प्रवेश सम्बन्धी कमजोर कानुनका कारण मानव तस्करी बढी रहेको बताउँछन्। सहज पहुँचको फाइदा उठाएर संगठित व्यक्तिले लुकाई—छिपाई केन्यामा भित्र्याउने गरेको उनी बताउँछन्। 

‘धेरै जसोलाई पर्यटक भिसा र अस्थायी कागजातका आधारमा ल्याइन्छ,’ उनी भन्छन्, ‘एउटा देशका रुपमा हामी कस्ता मान्छे के काम गर्छन् आइरहेका छन् भन्नेमा कम चासो राख्छौं। ती मानिस बार र बेश्यालयमा सकिन्छन् र त्यहाँ शोषण पनि हुन्छ।’
केन्या र दक्षिणी अफ्रिका मानव तस्करीका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ रहेको उनी बताउँछन्। 

यसैबीच आसिफले आफ्नो गिरफ्तारीपछि मुद्दाको समाना गरिहेका छन्। दुई बालकको आर्थिक शोषणो मुद्दा पनि उनीमाथि लागिरहेको छ। एक १६ वर्षीया किशोरी हुने भने अर्की १७ वर्र्षीया किशोरी। उनीहरुलाई बारमा नर्तकी बनाउनु शारीरिक, मानसिक र समाजिक विकासका लागि हानिकारक मानिन्छ। व्यापारीहरुलाई केन्यामा विनाअनुमति व्यापार संचालन गरेको र विदेशीलाई गैरकानुनी तरिकाले काममा लगाएको मुद्दा पनि लगाईएको छ। अभियोजनकर्ताले आसिफले दुईवटा राहदानी बोकेको तर तिी कुनै पनि केन्याको नभएको आधारमा टेकेका छन्। उनीहरुले आसिफको राष्ट्रियतामाथि पनि प्रश्न उठाइ रहेका छन्।

संदिग्धलाई आवश्यक अनुमति पत्र बिना १२ विदेशीलाई महिलालाई क्लबका डान्सरका रुपमा काममा लगाएको र उनीहरुको प्रवेश पत्रले कामका लागि केन्यामा अनुमति नदिने आरोप पनि लगाइएको छ। 

(फिचरमा उल्लेखित पीडित महिलाको नाम परिवर्तित हुन्। केन्याली अखबार ‘डेली नेसन’का लागि मोहमद अहमेद र बे्रइन ओचारोले तयार पारेको फिचरलाई नेपाल लाइभका रामकुमार डिसीले अनुवाद गरेका हुन्।)

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  २१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्