वीरगञ्ज– केही दिनयता समाजिक सञ्जाल ट्विटर र फेसबुकको टाइमलाइनमा वीरगञ्जसँगै जोडिएर एउटा नाम चर्चामा छ । उनी हुन्, नेकपा माओवादी केन्द्रबाट महानगरपालिकाको उम्मेदवार बनेका रहबर अन्सारी।
काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा उम्मेदवार रञ्जु दर्शनाजस्तै अहिले समाजिक सञ्जालमा सक्रिय युवापुस्ताले अन्सारीको पक्षमा भरपूर वकालत गरिरहेका छन् । तर, मधेस, त्यो पनि पूरातन सोचको पर्याय पर्साका गाविस समेत गाभिएको वीरगञ्ज महानगरमा सामाजिक सञ्जालको चर्चाका भरमा मतदान गर्ने अवस्था बलियो छैन । र, सामाजिक सञ्जालमा चर्चा गर्ने युवा रहबरका मतदाता समेत होइनन्।
उमेरले ३१ कटेका, अनुहार र जिउडाल मिलेका युवा उद्यमी रहबर वीरगञ्जको राजनीतिमा ‘छक्का–पञ्जा’ बुझेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । उनी आफैं राजनीतिमा पछिल्लो सात वर्ष र निर्वाचन भने पहिलो भएको स्विकार्छन् । के भन्छन् त ‘ह्यान्डसम उम्मेदवार’ को उपमा पाएका रहरबर अन्सारी ? उनले वीरगञ्जमा नेपाल लाइभका लागि रुपेश श्रेष्ठसँग यसरी खुलेर कुराकानी गरेका छन्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।