काठमाडौं- शुक्रबारदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको छ। बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ।
बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी २८ जनाको ज्यान नेपाल प्रहरीले जानकारी दिएको हो।
यसका साथै मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी ११ जना घाइते भएका छन्। सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १६ जना बेपत्ता भएका छन्।
बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश १ मा ६ हजार ३ सय ५ जना, प्रदेश २ मा ५ हजार ७ सय २ जना, प्रदेश ३ मा ३ हजार ४ सय ५ जना , कर्णाली प्रदेशमा ३ हजार १ सय १२ जना गरि प्रभावित स्थानहरुमा २७ हजार ३ सय ८० प्रहरी उद्धारमा संलग्न रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ।
विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजेबाट सुचारु भएको छ।
हाल उद्धार भइरहेको र क्षतिको थप विवरण आउने क्रम जारी रहेको प्रहरीको भनाइ छ।
*तस्बिर: नेपाल प्रहरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।