सप्तरी– उदयपुर र सप्तरीको सीमामा पर्ने त्रियुगा नदीको बाँध फुटेको छ। उदयपुरतर्फको बाँध फुटेका कारण त्रियुगा नगरपालिका १– अम्बासीमा बाढी पसेको छ। सो स्थानका करिब १ सय ५० देखि २०० घर डुबानमा परेका छन्।
सप्तरीतर्फ भने सानो क्षेत्रफलमा मात्रै बाँध फुटेको छ। सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा करिब २० घरमा बाढी पसेको छ। यो बजार क्षेत्र पनि हो।
यदि वर्षा भइरहने र नदीमा पानीको बहाव बढ्ने हो भने यस क्षेत्रका करिब २ सय घर डुबान पर्ने सम्भावना छ। यी दुवै क्षेत्रका स्थानीयहरु सुरक्षित स्थानमा सरिसकेका छन्।
उनीहरुले घरमा रहेका केही पनि सामान निकाल्न पाएका छैनन। यद्यपि वर्षा अझै जारी छ।
उदयपुरको चुरे क्षेत्रअन्तर्गत राउता पोखरी हुँदै आउने त्रियुगा नदीको यस क्षेत्रसम्म आइपुग्दाको दूरी लामो छ। यदि चुरे क्षेत्रमा पानी पर्ने हो भने पनि नदीमा पानी बहाव बढ्छ।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बाँध फुटेको जानकारी गराउँदै उद्धार कार्य सुरु गरिएको जनाए।
त्यस क्षेत्रका केही तस्बिरहरुः








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।