काठमाडौं– सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।
साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ५७ं५५ अंकले बढेको थियो ।
सोमबार नेप्सेमा कुल १६ अर्ब ३५ करोड माथिको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा साढे १३ अर्ब माथिको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको बढेको छ । यस्तै, सात कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुँदा दुई कम्पनीको मूल्य नौ प्रतिशत बढीले बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।