काठमाडौं– अभिनेत्री रेखा थापाले आफ्नो पछिल्लो फिल्मको निर्देशकका रुपमा रेनशा बान्तवा राईलाई अनुबन्धित गरेकी छिन्। शुक्रवार रेनशाको जन्मदिनको अवसर पारेर उनले रेखा फिल्मस्को छैठौं प्रस्तुतिको निर्देशन जिम्मेवारी उनलाई सुम्पिएकी हुन्।
लामो समय फिल्म क्षेत्रमा कोरियोग्राफरका रुपमा काम गरेकी रेनशाको यो दोश्रो निर्देशकिय फिल्म हुनेछ। यसअघि उनले ‘इन्टु मिन्टु लन्डनमा’ निर्देशन गरेकी थिइन्।
रेनशाले रेखाले सुम्पिएको यो जिम्मेवारीलाई जन्मदिनको उपहारको रुपमा समेत ग्रहण गरेकी छिन्। यो फिल्मको स्क्रिप्ट भने अभिमन्यू निरवीको हुनेछ। फिल्मको नामसहित अन्य विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।