• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अभिनेत्री शिल्पाको घरेलु हिंसाको अनुभूति : फिल्ममा ब्रेक दिएको भन्दैमा मैले कुटाई खाइरहने?

64x64
नेपाल लाइभ बिहीबार, असार २६, २०७६  २१:०२
1140x725

काठमाडौं-
(
अभिनेत्री शिल्पा पोखरेल र उनका फिल्म निर्माता श्रीमान छवि ओझाबीच सतहमा आएको विवादको जरो घरेलु हिंसा भनिएको छ। शिल्पाले आफू असुरक्षित भएको भन्दै प्रहरी गुहारेपछि हामीले दुबै पक्षका भनाइ समेटेका थियौं। बिहीबार मात्रै प्रहरीसमक्ष निर्माता ओझाले माफी मागेको समाचार आएको छ। यसैबीच, घटना र यसको सरोफेरोमा रहेर शिल्पा पोखरेलले नेपाल लाइभ सहकर्मी अनिल यादवसँग लामो वृत्तान्त सुनाइन्। बाँकी शिल्पाकै शब्दमा)

असार ८ गते बिहान १० बजेको थियो,  म दुईजना साथीसँग ‘कबिर सिंह’ फिल्म हेर्न जान्छु भनेर छवीजीलाई भनिरहेकी थिएँ। त्यो पनि नाइट शो होइन, बिहान ११ बजेको शो। 

फिल्म हेर्न जान्छु भन्ने बित्तिकै उहाँले मलाई सोध्नुभयो, ‘को-को जान लागेको?’ जवाफमा मैले विनिता दिदी र उहाँको मामाको छोरीसँग जान लागेको जानकारी दिएँ। ल, ठिकै छ भन्दै हुनुहुन्थ्यो, त्यतिबेलै उहाँको मोबाइलमा कसैको फोन आयो, एक्कासी अनुहारको रङ बदलियो। 

उहाँले फोन काट्नुभयो अनि सोध्नुभयो, ‘तँ नगएको भए कोसँग जान्थ्यो तेरो साथी?’ म गएको भएपनि, नगएको भएपनि ऊ उसको मामाको छोरीसँग जान्थ्यो होला। त्यो तपाईंले सोध्ने कुरै होइन नि भनेर मैले भनेँ। ‘को कोसँग जान्छ भनेर किन सोध्या? बरु तपाईंको प्लान के छ त्यो भन्नु न,’ मैले भनेँ। 

तपाईं, म र पृथ्वी जाने हो भने जाऔं, म उनीहरुसँग जान्न भनेँ। त्यसपछि उहाँ ‘होइन, भन् न भन्’ भन्दै झर्किन थाल्नुभयो। 'तँ कोसँग कहाँ जान्छस्, मैले जानकारी त पाउनुपर्‍यो नि!' भन्न थाल्नुभयो। 

त्यो जानकारी त तपाईंलाई छँदैछ नि! 'फेरि तीन महिनादेखि उहाँले मलाई गाडी नलैजा' भन्न थाल्नुभएको थियो। त्यसैले बिहान कतै छोड्दिनुपर्‍यो भने उहाँले नै छोड्दिनुहुन्थ्यो, पिकअप पनि उहाँले नै गर्नुहुन्थ्यो। 'कहाँ जान्छु, के गर्छु त्यो त तपाईंलाई राम्रोसँग थाहा छ' भनेर भनेँ मैले। 

त्यसपछि उहाँले एकदमै नराम्रो शब्द बोल्नुभयो। तँ र..., दिउँसै रंगौलिया मनाएर हिड्ने केटी। तँलाई मैले छोडिसकेपछि तँ कहाँ जान्छेस्, जान्छेस् नि! मलाई के थाहा?' भन्दै नानाथरी बोल्न थाल्नुभयो। 

यसरी नानाथरी गाली गरेपछि एउटा केटी मान्छेलाई रिस उठ्छ कि उठ्दैन? त्यो शब्दको अर्थ के हो भनेर सोधेँ मैले। 'तैँले मलाई हेपेको? म तेरो लोग्ने हो, मैले तँलाई जहाँ जान्छेस् भन्छु, त्यहाँ जान्छेस्, जहाँ जान्नस् भन्छु त्यहाँ जान्नस्' भन्दै झम्टिन थाल्नुभयो। 

Ncell 2
Ncell 2
nimb
nimb

म त दुईजना केटी साथीसँग पो जान लागेको हो त। त्यो पनि तपाईं आफैंले मलाई त्यो ठाउँमा छोड्दिँदै हुनुहुन्छ भने के-को समस्या? तैपनि तपाईंलाई समस्या हुन्छ भने तपाईं पनि हिड्नु न त' भनेर भनेँ। 

मेरो कुरा सुन्नै चाहनुभएन। तैंले मलाई हेपेको? तैले मलाई हेपेको? भन्दै गालामा झ्याम्म झापड हान्नुभयो। मेरो गाला तात्तियो। झननन भयो।। कानमा ठूलो आवाज बज्यो। त्यसपछि म थचक्क चकटीमा बसेँ। 

मैंले बाहिर ल्याउने भए बिहे गरेकै कुरा ल्याऔं। नत्र यो लभसभको कुरा नगरौँ भनेँ। नत्र म तपाईसँग इन्टरभ्यू नै दिन्न भनेँ। रिलेसनलाई किन बिकाउने भनेर प्रश्न गरेँ।

उहाँले यस्ता शब्दले बोल्नुभयो कि, त्यति गाली त मैले जिन्दगीमा कहिल्यै सुनेको पनि थिइनँ होला। उहाँ त्यतिमै रोकिनुभएन।  ‘तैंले मलाई हेपेको? तैले मलाई हेपेको?’ भन्दै सिधै घाँटी निचोर्न आउनुभयो। त्यत्रो मोटो मान्छेले घाँटी थिचेपछि मलाई शरीर चलाउन पनि गाह्रो भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तो अवस्थामा चल्ने भनेकै खुट्टा रहेछ। मैले उहाँलाई लात्तले हाल्न बाँध्य भएँ। मार्ला नै जस्तो भयो। डरले थरथर कामेँ। त्यसैले केही नसोचिकन सिधै त्यहाँबाट भागेर सम्झना दिदी (रौनियार)को अफिस स्टारमलमा आइपुगेँ। त्यसदिन विकास दाई (रौनियार) र सम्झना दिदीकोमा नै बसेँ। 

मेरो कपडा सबै घरमै छुटेको थियो। त्यसेले भोलिपल्ट विकास दाईले (रौनियार)ले ‘कपडा पनि लिएर आऊ, उसको रिएक्सन पनि हेरौँ न त’ भनेपछि म उहाँसँगै घर गएँ। उहाँले भनेजस्तो झगडाको दिन मलाई विकास दाई लिन आउनुभएको होइन। कपडा लिन गएको दिन उहाँले एक शब्द केही बोल्नुभएन। 

उहाँले त्यतिबेला हानेको झापडले मेरो कानको जालीमा प्वाल पर्‍यो। डाक्टरले ‘हियरिङ’मा समस्या हुनसक्छ भनेको छ। साउन्ड चेक गराउन बाँकी छ। भोलि मैँले कान कम सुन्ने हो कि के हो, रिपोर्ट आउन बाँकी छ। अहिले पनि चिसो खाँदा, तातो खाँदा कान एकदमै दुख्छ। 

मलाई पहिल्यैदेखि उहाँले धेरै कुरामा रोक्दै आउनुभएको थियो। अहिलेको पल्ट त अलि बढी नै भएको कारणले मात्रै म प्रशासनमा जान बाध्य भएकी हुँ।  

०००

उहाँबाट मैले यस्तो यातना पहिलोपल्ट भोगेको होइन। बिहे गरेको एक महिनापछि नै उहाँको व्यवहार पूरै परिवर्तन भयो। जतिखेर पनि शंका गर्नुहुन्थ्यो। मलाई कुनै कामको अफर आउँदा छलफलका लागि छविजीकै कान्तिपुर फिल्म एकेडेमीमा बोलाउने गर्थें। त्योभन्दा अघि छविजीकै नमस्ते नेपालमा बोलाउने गर्थें। कतै रेष्टुरेन्टतिर गएर डिल गर्ने गरेको थिइनँ। किनकी मलाई थाहा थियो नि त, उहाँ शंका गर्नुहुन्छ भन्ने। 

पछि उहाँले कान्तिपुर फिल्म एकेडेमी मैले बेचिसकेँ, अब त्यहाँ जाने होइन भन्न थाल्नुभयो। त्यसपछि म कहाँ जाने? कान्तिपुर फिल्म एकेडेमीकै छेउमा बुइँगलमा पनि क्याफे थियो। त्यहाँको म्यानेजर र छवीजीको राम्रो मित्रता थियो। 

अर्को ठाउँमा जाँदा शंका गर्नुहुन्थ्यो, त्यसैले म त्यही ठाउँमा जान थालेँ। म्यानेजरले नदेखेको बेला पनि म आफैँ ‘सर के छ हालखबर?’ भन्दै बोलाउन जान्थेँ। ताकी भोलि छवीजीले शंका गर्ने बाटो नहोस् भनेर। तर, पनि उहाँले शंका गर्न छाड्नुभएन।

बिहे गरेको एक महिनापछि उहाँको कस्तो–कस्तो रुप देखियो। त्यो त मलाई बाहेक कसलाई थाहा होला?

 प्रिमियरमा कतै उहाँलाई बोलाएको छैन तर मलाई मात्र बोलाएको हुन्थ्यो भने त्यही झगडा सुरु हुन्थ्यो। 'म इन्डस्ट्रीको पुरानो फिल्ममेकर तर मलाई नबोलाएर तँलाई मात्रै किन बोलायो? तेरो त्यो फिल्मको निर्माता र डिरेक्टरसँग त्यस्तो के सम्बन्ध छ?' भन्दै झगडा गर्नुहुन्थ्यो। 

उहाँबाहेक अरुको फिल्मको प्रमोसनमा हिड्दा पनि शंका गर्नुहुन्थ्यो। प्रमोसनमा जान्छु भन्दा ‘ए, एक महिनाको सुटिङमा तेरो लभ पर्‍यो त्यो सँग’ भन्दै नमिठो आरोप लाउनुहुन्थ्यो। 

त्यसैले मलाई डर लाग्थ्यो प्रमोसनमा हिँड्न। उहाँको फिल्मको प्रमोसनमा हिड्दा म खुलेर बोल्न पाउने, हिरोसँग पनि खुलेर बोल्न पाउने। तर अरुको काम गरेको मुभी रिलिज हुन लाग्दा हिड्न नपाउने? सधैँ मै मात्र नराम्रो हुनुपर्ने? 

०००

बिहे गर्नुअघिको छवी र बिहे गरेको १ महिनापछि छवीबीच मैले नसोचेको अन्तर पाएँ। त्यो देखेर म त छाँगाबाट खसेजस्तो फिल भयो। बिहेअघि एकदमै माया देखाउनुहुन्थ्यो। अफिसमा जाँदा जहिले पनि रेखा दिदी (थापा)को मात्रै नराम्रो कुरा हुन्थ्यो। जो आउँछ, रेखा दिदीकै नराम्रो कुरा गर्थ्यो। छवीजीलाई सबैले ‘पोजिटिभ’ देखाउँथे। 

सबैको कुरा सुन्दा बिचरा छवीजीले यस्तो माया गर्दागर्दै रेखा दिदीले किन छोडेर गएको होला जस्तो फिल हुन्थ्यो। बिचरा यो मान्छे! कसरी बस्छ होला एक्लै, के खान्छ होला, यस्तो बिरामी छ, कसले हेरचाह गर्छ होला? यस्तैयस्तै… भन्ने लाग्न थाल्यो। एकदमै माया जाग्न थाल्यो उहाँप्रति। उहाँको व्यवहार नै त्यस्तो प्रेमिल थियो। तर बिहे गरेको एक महिनापछि उहाँको कस्तो–कस्तो रुप देखियो। त्यो त मलाई बाहेक कसलाई थाहा होला?

सामान्य झापड हान्ने, शंका गर्ने, तथानाम गाली गर्ने त ठिकै थियो। बिहे गरेदेखि तीन वर्षसम्म सहँदै आएकी थिएँ। फेरि आफूले भोगेको यातना बाहिर ल्याउन पनि डर लाग्थ्यो क्या मलाई। मैले यो कुरा बाहिर ल्याएँ भने सबै मिलेर मलाई नै दबाइदिन्छन् होला जस्तो लाग्थ्यो। किनभने उहाँ फिल्म क्षेत्रको पुरानो फिल्ममेकर हुनुहुन्थ्यो। सबैले उहाँकै सपोर्ट गर्छन् होला, सबै मेरै विरुद्ध खनिएलान् भनेर एकदमै डर लाग्थ्यो। 

फेरि 'तँ जहाँ गएपनि मलाई केही फरक पर्दैन। सबै मेरै सपोर्टमा छन्' भनेर सधैँ भन्ने गर्नुहुन्थ्यो। यसले मेरो मनोबल झनै कमजोर बनाउँथ्यो। 

तर, कतिन्जेल यसरी बाँच्ने? भित्रभित्रै दबिएर, पीडा लुकाएर कतिन्जेल खुशी हुने? मलाई सबैभन्दा बढी चित्त नबुझेको त, उहाँ चलचित्र विकास बोर्डको सम्मान थाप्न जाँदाखेरी हो। 

मलाई धेरैअघिदेखि गरिएको व्यवहार घरेलु हिंसा हो, यस्तो गर्दा कारबाही हुन्छ भन्ने ज्ञान पनि थिएन। कानुन छ, कानुनले मलाई न्याय दिन्छ भन्ने थाहा पाएपछि लाग्यो, ‘यो मान्छे सम्मान थाप्न लायकको हो र?’

भोलि मजस्तै धेरै युवती यसरी प्रताडित हुनुपर्ने हुनसक्छ। त्यसैले म कानुनको शरणमा जानुपर्छ भनेर जिल्ला प्रशासन कार्यालय उजुरी दिन गएँ। 

उहाँको दोश्रो श्रीमती गीताञ्जली सुनुवारबारे सबैलाई थाहै छ। उहाँ त पूरै डिप्रेसनमा गएर आत्महत्या गर्न बाध्य हुनुभएको होला।  अझ रेखा थापाबारे त थाहा नहुने को होला? उहाँसँग छुटिसकेपछि उहाँबाट पिल्सिएका कुरा रेखा दिदीले बाहिर ल्याउनुभएकै हो। 

तर, उहाँले छुट्टिनुअघि पिल्सिँदै गरेको अवस्थामै कानुनको शरणमा पुग्नुभएको भए आज मैले यस्तो दुःख पाउँदिनँ थिएँ कि जस्तो लाग्छ। 

०००

मैले घटना भएको १५ दिनसम्म किन उजुरी गरिनँ भन्ने प्रश्न पनि आयो। पाँच दिनसम्म त के गर्ने गर्ने भनेर मैले निर्णय लिन सक्ने अवस्थामा नै थिइनँ। यसरी मार्नै आउँछ होला भन्ने त मैंले सोचेकै थिइनँ। माया गर्छु भनेर मेरो ममीड्याडीसँग हात मागेको मान्छेलाई आज मलाई यस्तो गर्दा के भयो होला? यो कुरा बाहिर ल्याएपछि मिडियाले मलाई सपोर्ट गर्ने हो कि होइन, मेरो कुरा सुन्ने हो कि होइन, म त पूरै डरमा थिएँ। त्यसपछि मैले सबैसँग सल्लाह लिन थालेँ। हस्पिटलमा कान जँचाएको रिपोर्ट देखाउन थालेपछि केही सोसियल वर्करले ‘तिमीले गल्ती गरेको छैनौँ भने तिमीले न्याय पाउँछौ, कानुनले न्याय दिन्छ’ भनेर सल्लाह दिनुभयो। 

फेरि उता छविजीले मलाई बारम्बार ‘म आफू अगाडि नदेखिई पछाडिबाट मान्छे ल्याएर म तँलाई मार्छु, मार्छु’ भन्दै आइरहनुभएको थियो। त्यो भनेपछि मलाई शान्ति सुरक्षा चाहिएन त? भोलि मैंले यही फिल्डमा काम गर्नुपर्छ, मलाई गाह्रो हुँदैन त? त्यसैले मैले शान्ति सुरक्षाको माग गर्दै प्रशासन गुहार्न पुगेँ। 

मैले यो १५ दिनको बीचमा मलाई फकाउन आउनुहोला कि, माफी माग्नुहोला कि भनेर धेरै पर्खिएँ। तीन वर्षदेखि सहेर सँगै बसेकी थिएँ, त्यसैले अझै पनि आशा थियो। माया त गर्नुहोला जस्तो लागेको थियो तर फकाउन आउनु त परको कुरा, एक कल फोन पनि गर्नुभएन। 

एकपल्ट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी दाईलाई पठाउनुभयो। उहाँले ‘पोलाइट वे’मा तपाईंको फिल्मी करिअर धरापमा पर्न सक्छ है’ भनेर जानुभयो। 

त्यसपछि रेखा दिदी (थापा) पनि आउनुभयो मलाई सम्झाउन। 'सानोतिनो झगडा हो भने मिल्नू' भन्नुभयो। त्यसपछि मैले उहाँलाई सबै कुरा भनेँ। सबै कुरा भनेपछि उहाँले ‘ओहो, यो मान्छे त नसुध्रिने रैछ, गीतान्जलीको पालादेखि नै लागेको बानी रैछ, अब तिमी जे गर्छौ गर’ भनेर फर्किनुभयो। 'मेरो स्वर्णिम नेपाल भन्ने संस्था पनि छ। चाहियो भने म मद्दत गर्न सक्छु' भनेर आँट दिएर जानुभएको थियो मलाई। 

०००

धेरैको प्रश्न आउँछ, बिहे गरेको यत्रो वर्ष भइसक्दा पनि किन बाहिर सार्वजनिक नगरेको भन्ने। बिहे गरेको एक महिनापछि नै मैले उहाँको रुप देखिसकेको थिएँ। त्यसपछि मैले उहाँलाई सोधेको थिएँ, ‘हामीले बिहे गरेको कुरा सार्वजनिक गर्दा फिल्ममा केही घाटा हुन्छ कि हुँदैन?’ उहाँले ‘घाटा भइहाल्छ नि, बिहे गरेको थाहा पाएपछि हामी दुबैको करिअर धरापमा पर्न सक्छ, हाम्रो फिल्म पनि नचल्न सक्छ’ भन्नुभयो। 

'हाम्रो लभ परिरहेको छ, त्यही कुरालाई निरन्तरता दिऔं' भन्नुभयो। मैंले बाहिर ल्याउने भए बिहे गरेकै कुरा ल्याऔं। नत्र यो लभसभको कुरा नगरौँ भनेँ। नत्र म तपाईसँग इन्टरभ्यू नै दिन्न भनेँ। रिलेसनलाई किन बिकाउने भनेर प्रश्न गरेँ। ल्याउने भए सत्य कुरा ल्याऔं। नत्र केही पनि गरौँ भनेँ। उहाँले मान्नुभएन। उहाँ अफेयरको कुरा चलाउँदै जानुभयो। म मिडियाबाट पन्छिन खोजेँ, त्यो विषयमा प्रवेश गर्न चाहिनँ। अन्तिममा केही नलागेपछि एक महिनाअघि मात्रै उहाँले बिहे स्वीकार गर्नुभएको हो। 

०००

बिहेअघि उहाँ मलाई 'म्यूजिक भिडियो नगर्नू' भन्नुहुन्थ्यो। तर बिहेपछि ‘आफ्नो खर्च जुटाउनका लागि गर्नू’ भन्नुभयो। किनभने उहाँले मलाई एक पैसा पनि खर्च दिनुहुन्नथ्यो। घरको आधा खर्च आफैं व्यहोर्नुपर्थ्यो। मैले म्यूजिक भिडियो नै गरिनँ भने मलाई खान मन लागेको, लाउन मन लागेको कुरा कहाँबाट ल्याउने? समस्या हुन्थ्यो। त्यसैले म आफैं कमाउँथे। 

०००

आज (बिहीबार) महानगरीय प्रहरी परिसर टेकुमा भएको छलफलको सुरुवातमा त उहाँले कुटपिट गरेको स्वीकार्नु भएको थिएन। ‘मैले होइन, मैले होइन’ मात्रै भनिरहनुभएको थियो। लामो सोधपुछबीच बीचबीचमा थाहै नपाई कुरा खोल्दै जानुभयो। 

घरमा अलिअलि भाँडो त बझिहाल्छ नि। अलिअलि त भइहाल्छ नि। त्यसको लागि त मैले 'सरी' भनिसकेँ नि' भन्न थाल्नुभयो। त्यसपछि डिएसपी सा’बले ‘तपाईले सरी कहाँ भन्नुभयो, मुखले भन्नुस् न’ भन्नुभयो। तैपनि छवीजीले ‘हैन, मैले भनिसकेँ’ भनेर जिद्दी गर्नुभयो। डिएसपी साबले ‘मैले सुनेकै छैन’ भनेपछि अन्त्यमा उहाँ माफी माग्न तयार हुनुभयो। 

‘हो, मैले गल्ती गरेँ, म माफी माग्छु, आइन्दा म यस्तो गर्दिनँ, अब घर जानुहुन्छ भने पनि म राम्रैसँग राख्छु, दुःख दिन्न’ भन्नुभयो। त्यसपछि मैले डिएसपी साबलाई भनेँ, ‘म अन्तिम अवस्थामा अब मर्छु भनेपछि यहाँ आएको हो। यो तीन वर्षमा मैंले भोगेको यातना खुलाएर मैले निवेदन दिएको भए उहाँ कन्फर्म जेल पर्नुहुन्थ्यो। तर, मैले चाहेकै ‘गल्ती गरेको स्वीकार्नुपर्‍यो र माफी माग्नुपर्‍यो’ र आइन्दा मलाई दुःख दिने, दुर्व्यवहार गर्ने, मार्छु भनेर धम्क्याउने काम हुनुभएन भन्नेमात्रै थियो। गल्ती गरेको मान्छेले माफी त माग्नुपर्‍यो नि त? ठूल्ठूला मान्छेलाई फोन गर्न लगाएर पुलिसलाई फकाउन लाएर त कहाँ हुन्छ?

उहाँले मलाई ‘तपाई, तपाई’ भनेर सम्बोधन गर्दा डिएसपी सा’बले त उहाँलाई गाली पनि गर्नुभयो, ‘यहाँ इन्टरभ्यू दिएजसरी कुरा नगर्नुस्, बुढा–बुढी हो, घरमा जसरी बोल्नुहुन्छ, त्यसरी बोल्नुस्। तपाईं त डबल स्टयान्डर्डको मान्छे हुनुहुँदो रहेछ। तपाईंले बीचबीचबाट खुस्काइसक्नुभयो तपाईंले गरेको गल्ती।’

त्यसपछि उहाँ डराउनुभयो। पुलिस भनेको त पुलिस हो नि। उहाँले त ‘पोइन्ट, पोइन्ट’ पक्रिनुभयो। त्यसपछि उहाँले 'अबदेखि म यस्तो गर्दिनँ' भनेर लिखित माफी माग्नुभयो। 

०००

यत्रो यातना भोगिसके पछि अब फेरि उहाँकै घर गएर म उहाँसँग बस्ने अवस्थामा छैन। उहाँसँग सँगै गएर बस्न मलाई पूरै डर लाग्छ। आज बल्ल मेरो ममी गाउँबाट मकहाँ आइपुग्नुभएको छ। उहाँसँग सल्लाह गर्छु। यसको अझै केही उपचार छ कि? भोलिका दिनमा अरु केटीहरुले दुःख नपाउन् भन्ने छ। मेरो दुःख, रेखा दिदीको दुःख, गिताञ्जली दिदीको दुःख अब फेरि नदोहोरियोस् भन्ने सामाजिक अभियन्ताहरुसँग सल्लाह लिँदैछु। 

वकिलसँग पनि सल्लाह गर्छु। त्यसपछि मात्रै यो सम्बन्धलाई कसरी अघि बढाउने भनेर म भन्न सक्छु। 

०००

हिजो रेखा दिदीहरु चुप लागेर बस्दा आज म पीडित भएँ। अब म पनि बोलिनँ भने भोलि अरु पिडीत हुने अवस्था देखियो। त्यसैले म बोल्न बाध्य भएको हो। रेखा दिदीलाई मैले एकपल्ट भनेको पनि थिएँ, ‘तपाई किन बोल्नुभएन त्यतिखेर।’

झन् उहाँलाई त अनुहारमा एसिड हाल्दिन्छुसम्म भनेको रहेछ। तैपनि उहाँ चुप लागेर बस्नुभयो। मैले रेखा दिदीलाई यो कुरा राख्दा उहाँले ‘हामी छोरी मान्छे हो, भोलि बेइज्जत हुन्छ, भोलि फिल्म इन्डस्ट्रीमा गाह्रो होला’ भन्नुभयो। 

गल्ती गरेको मान्छेले माफी त माग्नुपर्‍यो नि त? ठूल्ठूला मान्छेलाई फोन गर्न लगाएर पुलिसलाई फकाउन लाएर त कहाँ हुन्छ?

त्यसपछि मैले भनेँ, ‘दिदी हामी यही कारणले पछाडि परेको हो। तपाईंले त्यतिबेलै उजुरी दिएको भए मलाई पर्दैनथ्यो होला यस्तो अवस्था सहन। अब मचाँहि छोड्दिनँ है’ भनेको थिएँ मैले। 

००० 

मैले उजुरी दिएपछि धेरैजना मकहाँ छवीजीको बचाउ गर्न आउनुभयो। नाम नलिऔं, तर धेरैजना ‘पोलाइट वे’मा ‘तेरो करिअर ड्यामेज’ हुन्छ भनेर डर देखाउन आउनुभयो। फकाईफकाई तर्साएकोजस्तो लाग्यो। 

मैले सबैलाई ‘करिअर ड्यामेज भए केही छैन, विराटनगरमा मेरो बुबाको बिजनेस छ, त्यही सम्हालेर बसौँला’ भनेर पठाइदिएको थिएँ। 

अहिले छवीजी मैंले शिल्पाजीको लागि यस्तो गरेँ, उस्तो गरेँ भन्दै हिडिरहनुभएको रहेछ। मलाई चित्त नुबझेको कुरा चाँहि के भने उहाँले मलाई फिल्ममा ब्रेक दिएको भन्दैमा मैले कुटाई सहँदै आउने? लु मलाई मार्नु भनेर मैंले थापिरहने? मेरो शरीरमा लगानी गरेको हो र? एउटा फिल्ममा ब्रेक दिएको भन्दैमा शरीर नै किनेको ठान्ने? 

धेरैले सम्पत्तिको लागि यस्तो गरेको पनि भनिरहेका छन्। सम्पत्तिको लागि यस्तो गरेको भए म किन तीन वर्षसम्म यातना सहेर बस्थेँ, एक वर्ष नपुग्दै डिभोर्स दिन्थेँ होला नि त। 

तीनटा श्रीमती बिहे गरिसकेको बुढोसँग किन गएको भनेर कमेन्ट गर्नेहरु पनि देखेँ। तर मलाई के थाहा त्यतिबेला उहाँ त्यस्तो हुनुहुन्छ भनेर। मलाई त उहाँ बहुत राम्रो व्यवहार गर्नुहुन्थ्यो। त्यतिबेला उहाँको प्रेम यति माथि थियो कि सायद रेखा दिदी आएर भनेको भए पनि म विश्वास गर्दिनँ थिएँ।

सम्बन्धित समाचारहरु

छवि र शिल्पाबीच तत्कालका लागि सहमति, डिभोर्सबारे टुंगो लागेन

यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले 

छविले 'कानको जाली फुट्ने गरी' कुटेपछि शिल्पा प्रहरीको शरणमा पुगेको खुलासा 

शिल्पाका श्रीमान् छविले भनेः ममाथि जे आरोप लगाइयो, त्यो गलत छ

छविबाट सुरक्षा थ्रेट भन्दै अभिनेत्री शिल्पाले गुहारिन् प्रहरी

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित बिहीबार, असोज २९, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्