वीरगञ्ज– संघीय समाजवादी फोरममा विजय सरावगी प्रवेश गरेको करिब ६ महिना मात्र भयो । तर, प्रवेशसँगै स्थानीय निकायमा उनको उम्मेदवारीको चर्चा सुरु भएको थियो।
वीरगञ्ज महानगरपालिकाको मेयरमा पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार हुने चर्चा सरावगीको पार्टी प्रवेशसँगै सेलाएर गयो।
वीरगञ्जमा सरावगीले केन्द्र र जिल्ला नेतालाई हाल चल्तीमा रहेको स्क्रिोपियो गाडी भेटमा दिएको चर्चा छ । त्यति मात्र होइन, उनका विपक्षीले सरावगीले राजनीतिलाई आफ्नो नयाँ व्यवसाय बनाएको भन्ने आरोप समेत खुलेरै लगाइरहेका छन् । सरावगीले वित्तीय क्षेत्र र व्यवसायमा प्रभुत्व जमाएका धनाढ्य उम्मेदवारको पगरी समेत पहिरेका छन्।
सामाजिक सञ्जालमा र विपक्षीले भने जस्तै कतै सरावगीको नयाँ व्यवसाय बनेको त छैन राजनीति ? उनले गाडी दिएरै टिकट किनेका हुन् त ? आफूलाई लागेका आरोपबारे सरावगी के भन्छन् र कस्ता छन् उनका योजना?
नेपाल लाइभका लागि वीरगञ्जमा रुपेश श्रेष्ठले लिएको भिडियो वार्ताः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।