• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाल रेडक्रसले न्याय पाओस्

64x64
नेपाल लाइभ मंगलबार, असार २४, २०७६  ०७:५०
1140x725

सर्वोच्च अदालतको २ नं बेन्चमा २०७६ असार १८ गते बिहान ११ बजेदेखि बहस जारी थियो। व्यग्रताका साथ आदेशको प्रतीक्षा गरिरहेका केही रेडक्रसकर्मी साथीको अनुहारमा दिउँसो ३ बजेतिर अचानक चरम मलिनता देखापर्‍यो। अत्यन्तै गहिरो ऐँठनमा परेर भर्खरै उन्मुक्ति पाएको पीडितको अनुहारझैं। 

रेडक्रस मुद्दाको उक्त दिनको बहस पैरवी सकिँदा र आदेशको सम्भावना तुहिँदा उपस्थित रेडक्रसकर्मीले एकापसका टुलुटुलु हेरेर यताउता आँखा डुलाउनुबाहेक अरु केही गर्न सकेनन्। डर त आदेश नआउनुको भन्दा पनि मुद्दा छिप्पिँदै जानुको र निर्णय पर सर्दै जाँदा रेडक्रस जस्तो गरिमामय मानवतावादी संस्था अनिर्णयको बन्दी बनिरहने सम्भावनाको हो।

कुरा यहाँ कसको पक्षमा परिणाम आउने भन्दा पनि रेडक्रसको पक्षमा आउँछ कि आउँदैन भन्नेमा डर हो। यहाँ सर्वोच्चको निष्पक्षतामाथि प्रश्न उठाउन भने पटक्कै खोजिएको होइन। न त भविष्यको फैसलामाथिको शंका नै हो। यो त फगत कानुनको गहिराइसम्म सुझबुझ बनिनसकेका रेडक्रसकर्मीहरुको मगजमा यसै मुद्दाको सुरुमा तत्कालीन निवर्तमान अध्यक्ष सञ्जीव थापाले हालेको रिटमा भएको अन्तरीम आदेशले शंकाको बिज रोपिदिएको कारणले हो। 

रेडक्रसको एउटा सदावहार झुन्ड आफ्नै नियमनकारी नियामकको निर्देशन र निर्णयउपर अदालत गएर सामान्य कानुनी कमजोरीको आड लाग्दै आफ्नो पक्षमा भएको अन्तरिम आदेशको आधारमा टेकेर साँढेको पारामा उन्मत्त छ।

रेडक्रसको आदर्श, सिद्धान्त र नीति नियमविपरीत भएको व्यापक अनियमितताको दर्जनौं उजुरी र असन्तुष्टिका बीच यसैमा आरोपित व्यक्तिहरु अझै पनि आधिकारिकताको दावा गरिरहँदा एउटा सच्चा रेडक्रसकर्मीको मन कसो कुटुक्क नखाला र?

कुरा यहाँ व्यक्तिविशेषको भन्दा पनि रेडक्रसमा दुई दशकयता मौलाएको चरम व्यक्तिवादी सोच र प्रवृत्ति तथा पञ्चायतकालीन सामन्ती कुसंस्कारको क्रमभंगता हुन नसक्नु हो। रेडक्रस जस्तो २१औं शताब्दीको एउटा स्वच्छ मानवतावादी संस्थाको गरिमामाथिको उपहास नै हो भन्न किञ्चित अप्ठ्यारो मान्नुपर्ने देखिन्न। 

आपतकालीन अवस्था बाहेकका सामाजिक विकास कार्यक्रम/गतिविधि भनौं वा आपतकालीन अवस्थाका मानवीय कार्य। विशेषगरी २०७२ सालको भूकम्पपछि भूकम्प प्रतिकार्य कार्यक्रमको कुरा गरौं। संस्थाभित्र विकृत प्रणाली झाँगिदै गएको प्रस्टै देख्न सकिन्छ। रेडक्रसलाई नियमन गर्ने र अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय तथा समाज कल्याण परिषदका छानबिनका प्रतिवेदन तथा यसउपर गरिएका र गर्न खोजिएका कारबाही हेर्दा अनियमितता र भ्रष्टाचारको एउटा सुरक्षित अड्डाको रुपमा रेडक्रसले आफ्नो परिचय बदल्दै गएको आभास हुन थालेको छ। योभन्दा पनि डरलाग्दो त, रेडक्रसको एउटा सदावहार झुन्ड आफ्नै नियमनकारी नियामकको निर्देशन र निर्णयउपर अदालत गएर सामान्य कानुनी कमजोरीको आड लाग्दै आफ्नो पक्षमा भएको अन्तरिम आदेशको आधारमा टेकेर साँढेको पारामा उन्मत्त छ।

सञ्चारमाध्यम र अन्य विभिन्न निकायमा २–३ महिनामा भएको रेडक्रससँग सम्बन्धित बहसको सिलसिला हेर्दा कुन समूह या को व्यक्ति प्रधान हुने भन्ने जस्तो विषयमा केन्द्रित भएको भान पर्न जान्छ।

nimb
nimb
Ncell 2
Ncell 2

मानवतावादी कार्यकर्ताको परिचयपत्र भिरेर मानवीय संकटका बेला आएको राष्ट्रिय अन्तर्र्राष्ट्रिय सहयोगको चरम दुरुपयोग गर्दा आनन्द मान्दै अझै यसको दर बढाउनुपर्ने, सरकारले उनीहरुतिर आँखै लाउन नपाउनुपर्ने, स्रोत तथा प्राप्त रकम कतै पनि देखाउन नपर्ने जस्ता कुरुप, घिनलाग्दा र लाजैमर्दा किसिमका चाहना बोकेर यसैलाई वैधानिकता दिलाउन उनीहरु लागिपरेका छन्। आफूलाई रेडक्रसका ठेकेदार ठान्नेहरुले अब अहमता त्यागेर रेडक्रसको गरिमा र मर्म जोगाउन सरकारको निर्णयलाई सिरोपर गरी नयाँ पक्षलाई सहयोग गर्नुपर्ने बेला आएको छ।

अन्तर्राष्ट्रिय साझेदार सोसाइटीहरु तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ समेतको चाहना र वास्तविकतालाई समेत मनन गरेर परिवर्तनको पक्षमा अब सबै एकजुट हुनुपर्ने बेला आएको छ। यसका साथै नेपाल सरकारको निर्देशन र सुझाव, प्रशासन र समाज कल्याण परिषद् तथा देशैभरि भएका इमानदार र कर्मठ रेडक्रसकर्मी सदस्य/स्वयंसेवकको मनोभावको कदर गर्दै रेडक्रसप्रतिको उच्च आदरभावलाई कायम राख्न अब ढिला गर्नुहुन्न।

गत वर्ष नै समाज कल्याण परिषद्ले गठन गरेको छानबिन समितिले तत्कालीन केन्द्रीय कार्यसमिति विघटन गर्‍यो। केन्द्रीय सदस्यहरु सहितलाई अयोग्य घोषणा गर्ने सिफारिस सहित आफ्नै छानबिन र बयानको निष्कर्षका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हालै रेडक्रसको तत्कालीन केन्द्रीय समिति विघटन भयो। तर, पुनः बहाली गराउने खेल कसैले खेलिरहेको छ भने त्यसको परिणाम कुनै पनि हालतमा रेडक्रसको हितमा हुनै सक्दैन। 

सञ्चारमाध्यम र अन्य विभिन्न निकायमा २–३ महिनामा भएको रेडक्रससँग सम्बन्धित बहसको सिलसिला हेर्दा कुन समूह या को व्यक्ति प्रधान हुने भन्ने जस्तो विषयमा केन्द्रित भएको भान पर्न जान्छ। यसैको दौडमा रेडक्रसले मानवीय कार्यको लागि जिम्मा लिएको गतिविधिहरु जस्तै: रक्तसञ्चार सेवा, मनसुनजन्य विपद पूर्वतयारी जस्ता मानवीय संवेदनशील क्षेत्र प्रभावित हुन थालेका छन्। 

यथास्थितिमै संस्था चलाउन सकिन्छ र यहाँभन्दा अगाडि गरेभएका गल्ती कमजोरी ढाकछोप गर्न सकिएला र फेरि उस्तै हालिमुहाली गर्न पाइएला भन्ने सोच कसैले पालेको छ भने त्यो अत्यन्तै भर्त्सनायोग्य छ।

कर्मचारी संयन्त्रलाई अधिकार सम्पन्न गराउनुको सट्टा झनै कटौती गर्दै पंगु बनाउँदै निर्णय प्रक्रिया अध्यक्षमा केन्द्रित गर्नु, बहुपक्षीय विश्वसनीयता गुम्दै जानु, अदक्ष र अवसरवादी स्वयंसेवकहरुको झुन्डलाई प्रोत्साहित र पुरस्कृत गर्दै निर्णय प्रक्रियामा मूलरुपमा हाबी हुन दिनु जस्ता कार्य भइरहेको कतै छिपेको छैन। नियामक निकायहरुको निर्देशन र सुझावहरुको बेवास्ता गर्नु तथा स्वेच्छाचारी तरिकाले संस्थाको नीति नियम मिच्नु जस्ता जघन्य कारण रेडक्रस अहिले असल छोराछोरीले भेट्न नसकी टाढाबाट मायाको सन्देश मात्रै पठाउने तर वरिपरिका लोभिपापी छोराछोरीले श्रीसम्पत्तिमा दाह्रा रगेट्दै घेराउमा परेकी एउटी पीडित आमाको अवस्था जस्तो बनेको छ।

यी यावत् कुरालाई मूल्यांकन गरी यथास्थितिमै संस्था चलाउन सकिन्छ र यहाँभन्दा अगाडि गरेभएका गल्ती कमजोरी ढाकछोप गर्न सकिएला र फेरि उस्तै हालिमुहाली गर्न पाइएला भन्ने सोच कसैले पालेको छ भने त्यो अत्यन्तै भर्त्सनायोग्य छ। योभन्दा अगाडि संस्थाको गरिमा अझ बिग्रिन र भत्किन नदिने सोचसहित नयाँ पुस्ता र सोचलाई सहयोग गर्नुमा नै सबैको कल्याण हुनेछ। 

त्यसैले यी सीमित रुपमा चर्चा गरिएका सन्दर्भ र सवाल मनन गर्दै यससँग सम्बन्धित सबै सरोकारवाला निकायले रेडक्रसको यो घेराबन्दी र घोर अन्यायका विरुद्ध लड्नुपर्छ। आ–आफ्नो बलबुता र अधिकार प्रयोग गरी रेडक्रस उपरको यो रस्साकस्सीको अन्त्य गर्नैपर्छ। तब मात्रै नेपालमा गौरवशाली ५५ वर्षे इतिहास भएको नेपाल सरकार पक्षीय एउटा निष्कलंक मानवीय संस्था रेडक्रसले न्यायको सास फेर्न पाउनेछ। जय रेडक्रस। 

(लेखक नेपाल रेडक्रस सोसाइटी तेह्रथुममा आबद्ध छन्।)

यो पनि

  • रेडक्रसको कार्यसमिति भंग गर्न गत वर्ष नै छानबिन समितिले सुझाव दिएको खुलासा
  • भ्रष्टाचार आरोपी रेडक्रसका थापाका पक्षमा सर्वोच्चको आदेश
  • रेडक्रस विवाद : 'हेर्न नमिल्ने' भनेका सर्वोच्चका न्यायाधीशले नै जारी गरे अन्तरिम आदेश
  • नेपाल रेडक्रसमा बेथितिको चाङ, विवाद बढेपछि साधारणसभा अनिश्चित
  • नेपाल रेडक्रसमा बेथिति-२ : यसरी अवैधानिक बन्यो रेडक्रस
  • रेडक्रस : सञ्जीव थापाको नेतृत्वको कार्यसमिति भंग, १७ सदस्यीय तदर्थ समिति गठन

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  ०७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्