भक्तपुर- मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा शुक्रबार एक शिशुको शव भेटिएको छ।
राजकुलोको नालीमा नवजात शिशु (छोरा) को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताए।
नालीमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शिशुको शव परीक्षण गराई प्रहरी घटनाबारे अनुसन्धान सुरु गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।