काठमाडौं- सिजन मिडियाले पहिलो पटक विवाहीत महिलाहरुलाई लक्षित गरी आयोजना गरेको 'लेट मि इन मिसेस ब्युटी क्विन नेपाल'को उपाधि काठमाडौं बुढानीलकण्ठकी सुदीक्षा आचार्य भट्टराईले जितेकी छिन्।
२५ प्रतियोगीलाई पछि पार्दै पहिलो भएकी सुदीक्षाले टिभिएस जुपिटर स्कुटर, लेट मि इनका तर्फवाट १ लाख ५० हजार बराबरको उपहार, कस्मेडका तर्फबाट ५० हजारको गिफ्ट भौचर साथै इजी ट्रिप ट्राभलका तर्फबाट ४ दिनको मलेसिया भ्रमणको अवसर प्राप्त गरेकी छिन्।
फस्ट रनरअप हुन सफल जनकपुरकी दिपिका राईले लाभा स्माट मोबाइल फोन, ४ दिनको मलेसिया भ्रमण र १ लाख बराबरको उपहार प्राप्त गरिन् भने सेकेन्ड रनरअप विष्णुमाया पौडेलले पनि ४ दिनको मलेसिया भ्रमण, लेट मि इनका तर्फबाट ५० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरिन्।
प्रतियोगितामा थर्ड रनरअप भएकी कल्पना बराल खतिवडाले मिस पपुलर अवार्ड पनि जित्न सफल भइन्। साथै, फोर्थ रनरअप कृष्टि कार्कीले मिस मल्टिमिडिया अवार्ड हात पारिन्।
अन्य विभिन्न सब टाइटल अन्तर्गत अर्गनाइजर च्वाइस इश्वरी श्रेष्ठ तामाङ, ट्यालेन्ट अवार्ड कविता राजवंसी शाह, पर्सनालिटी अवार्ड सिर्जना श्रेष्ठ, फोटोजेनिक अवार्ड ज्योति बस्नेत, बेस्ट हेयर कविता ओझा सिग्देल, बेस्ट फिगर मिना राई, बेस्ट वाक सफला ताम्राकार, बेस्ट ड्रेस मिना खनाल, बेस्ट स्माइल कनक चतुरवेदी, बेस्ट फ्रेन्डसिप अम्विका थापा, भियोर्स च्वाइस राधिका थापा श्रेष्ठ, बेस्ट स्किन शान्ति लिम्बू र बेस्ट डिसिप्लेन सुजना लामाले जितिन्।
सिजन मिडियाले पहिलोपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा देशभरिबाट २६ प्रतियोगी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।