• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जो दिमागले सुन्छन्, संकेतले बोल्छन्

सुस्त श्रवणशक्ति भएका विद्यार्थीको कथा
64x64
नेपाल लाइभ शनिबार, असार २१, २०७६  ०५:५०
1140x725

काभ्रे– शान्त कक्षाकोठा। आकर्षक चित्रले भरिएका भित्ता। अगाडि झुन्ड्याइएको सेतोपाटीमा शिक्षिका केही लेखिरहेकी छन्। ‘धौल्या कुन जिल्लामा बस्छ, धौल्या कति वर्षको भयो… ?’

शब्दहरूलाई औंलाले संकेत गर्दै ती शिक्षिका हातले इसारा गर्छिन्। बेन्चमा बसेर उनीतर्फ हेरिरहेका विद्यार्थीहरू उत्सुक हुँदै हात हल्लाउँछन्।

शिक्षिकाले एक छात्रलाई ‘उठ्नु’ भनेर हातले जनाउ गरेपछि छात्र जुरुक्क उठ्छन्। अनि उनीहरूबीच केहीबेर सांकेतिक कुराकानी हुन्छ। शिक्षिका र विद्यार्थीबीचको हाउभाउबाट सजिलै बुझ्न सकिन्छ, यहाँ सांकेतिक भाषामार्फत पढाइ भइरहेको छ।

OOO

बिहान ११ बजे। बनेपा चारदोबाटोबाट करिब १ किलोमिटर उत्तरमा रहेको काभ्रे बहिरा स्कुल पुग्दा विद्यार्थी र शिक्षिकाबीच सांकेतिक संवाद चलिरहेको थियो। 

कक्षा ४ का विद्यार्थीलाई सामाजिक शिक्षाभित्रको ‘आफ्नो ठाउँ’को इतिहासबारे बुझाउँदै थिइन् शिक्षिका। 

पाठमा ‘धौल्या’ नामको उनीहरू जस्तै एक विद्यार्थीको कथा रहेछ। कोही विद्यार्थी उत्सुक हुँदै शिक्षिकासँग उसको बारेमा केही प्रश्न सोधिरहेका थिए। उनी शालीन ढंगले मुस्कुराउँदै जवाफ दिइरहेकी थिइन्।

Ncell 2
Ncell 2

कक्षा ४ बाट दाँयातर्फको कोठामा कक्षा ८ को पढाइ हुन्छ।

कक्षामा कागजको ‘बट्टा’ बनाउन सिकाउँदै थिइन्, शिक्षिका। ‘आज हामी पेसा व्यवसाय अन्तर्गत बट्टा बनाउन सिक्दै छौं। सुरुमा बट्टा बनाउनका लागि कागज चाहिन्छ। कागजलाई पहिला डुंगा बनाउने। त्यसपछि त्यसलाई खोलेर बट्टा बनाउन सकिन्छ,’ सांकेतिक हाउभाउका साथ उनले भनिन्। 

उनको हाउभाउ टुंगिन नपाउँदै विद्यार्थीहरूले हातमा कागज लिए। पट्याउन थाले। २ मिनेटमै कागजको बट्टा तयार भएपछि विद्यार्थीहरू फुरुंग भए। 

OOO

सुस्त श्रवणशक्ति भएका विद्यार्थीहरूको निम्ति स्थापित स्कुल हो, काभ्रे बहिरा स्कुल। अधिकांश स्कुलमै पढाइने पाठ्यक्रम यहाँ लागू छ। विद्यार्थीहरु सामान्य विद्यार्थीले झैं पढ्न र बुझ्न सक्छन्। अरुले जस्तै व्यक्तिगत अभिव्यक्ति पोख्न सक्छन्। सही र गलत छुट्याउन सक्छन्। केवल सुन्न र बोल्न सक्दैनन्।

बोल्न र सुन्न नसक्ने हुनाले पढाइमा सांकेतिक भाषाको प्रयोग गरिन्छ। 

‘घरमै बस्न मन पर्छ कि स्कुल आउन?’ कक्षा ६ मा अध्ययनरत छात्रा उर्मिला श्रेष्ठसँग मैले प्रश्न गरेँ। नजिकै बसेकी शिक्षिकाले मेरो आवाजलाई संकेतमा अनुवाद गरिदिइन्।

‘स्कुल आएर पढ्न निकै रमाइलो लाग्छ। स्कुलमा साथीहरू हुन्छन्। कुराहरू मिल्छन्। आफूले चाहेजसरी खेल्न र पढ्न पाइन्छ,’ उर्मिलाले मुस्कुराउँदै जवाफ फर्काइन्। 

२०५० सालको ‘समावेशी’ अभियान
०५० सालतिर बनेपा नगरपालिकाले ‘सबैका लागि आधारभूत शिक्षा’ परियोजना लागू गर्‍यो। परियोजना अन्तर्गत समावेशी शिक्षाको कुरा त्यसताका नगरमा उठेको थियो। लगत्तै नगरपालिकाले ‘इन्क्लुसिभ एजुकेसन’ सञ्चालन गर्ने उद्देश्यले सांकेतिक भाषा तालिम सञ्चालन गर्‍यो।

तालिममा सहभागी अधिकांश शिक्षक नै थिए। आफूलाई आवश्यक नठानेर होला, बिस्तारै उनीहरु तालिममा आउन छाडे। भएकाहरू पनि क्रमशः बाहिरिँदै गरेको अवस्थामा तालिममा सहभागी हुन् आइन्, कृष्णप्यारी नकर्मी। सांकेतिक भाषा सिक्ने रहरले उनी सहभागी हुन आएकी थिइन्। 

उनी लगायत त्यतिबेला तालिममा २१ जना सहभागी थिए। प्रशिक्षक थिए, रमेशलाल श्रेष्ठ। 

३ महिनापछि तालिम सकियो। तालिमको अन्त्यमा प्रशिक्षक श्रेष्ठले भनेका थिए, ‘अरुले यसरी सिक्ने अवसर पाएका छैनन्। तपाईंहरूले यो अवसर खेर नफाल्नुस्।’

यो कुराले कृष्णप्यारीलाई निकै घत पर्‍यो। उनलाई आफूले सिकेको कुराबाट समाजमा केही नयाँ गर्नु थियो। 

तालिम सकिएपछि प्रशिक्षकसहित सहभागीहरूले पिकनिकको आयोजना गरे। त्यहीँ एउटा तदर्थ समिति गठन गरे। त्यसपछि योजना बन्यो– काभ्रे बहिरा विकास संघ संस्था दर्ता गर्ने। 

२०५१ मा संघ दर्ता पनि भयो। अध्यक्ष थिए, उनै रमेश लाल। 

त्यो समूह सामाजिक काममा सक्रिय हुँदै गयो। गाउँगाउँमा गएर अपांगता भएका व्यक्तिलाई समाजमा पुनर्स्थापना गर्नुपर्छ भनेर सचेतना जगाउन थाल्यो।

त्यतिबेला उनीहरूको एउटा नारा थियो– सानालाई शिक्षा, ठूलालाई रोजगार।

सचेतना सँगसँगै उनीहरूले बहिरा बालबालिका खोजेर जम्मा गरे। उनीहरूलाई सांकेतिक भाषा सिकाउने प्रयास गरे। भाषा कक्षालाई कसरी सञ्चालन गर्ने भनेर छलफल गरे। 

बनेपा नगरपालिकाले प्रौढ कक्षा सञ्चालन गरिरहेको थियो। त्यहीँको महिला समूहको एउटा कोटा लिएर उनीहरूले कक्षा सञ्चालन गरे। त्यसबखत बालबालिकाको संख्या ७ मात्र थियो। बच्चाहरूले सजिलै सिक्न थाले सांकेतिक भाषा। त्यसपछि उनीहरूले राम्रोसँग लेखपढ गर्न सक्छन् भन्ने विश्वास भयो।

‘हामीलाई लाग्यो कि उनीहरूलाई शिक्षा नै आवश्यक छ। त्यसपछि स्कुलको रुपमा खोलौं भनेर कक्षाहरू चलायौं,’ शिक्षिका कृष्णप्यारी भन्छिन्।

अनि ‘बहिरा’ले पढ्न पाए
स्कुल हुनुभन्दा अघि काभ्रेका ‘बहिरा’ बालबालिका पढ्नबाट वञ्चित थिए। ‘बहिरा’ले केही गरेर खाँदैनन् भन्ने अभिभावकको धारणा थियो। अरु साथीजस्तै विद्यालय गए पनि बुझ्न सक्ने सामर्थ्य थिएन। साथीहरूबाटै अपहेलित हुन्थे। समुदायमा सहानुभूतिको पात्र बन्थे। 

बहिरा संघले ‘बहिरा’ बालबालिकाको खोजी गर्न थाल्यो। ठाउँठाउँमा पोस्टर टाँस्न थाल्यो। सूचनाको भरपुर प्रयोग गर्‍यो। बिस्तारै त्यस्ता बालबालिकाहरू संकलन हुँदै गए। ‘यी बहिराले के सक्लान् र? भैगो नलैजानुस्,’ कतिपय अभिभावकले भनेका कुरा सम्झन्छिन्, कृष्णप्यारी। 

प्रिन्सिपल कृष्णप्यारी नकर्मी

बच्चाहरू बढ्न थालेपछि नगरपालिका अन्तर्गत सरस्वती प्राविको एउटा कोठामा ‘बहिरा’ बालबालिकाको पढाइ हुन थाल्यो। 

‘स्कुल खोल्नुभन्दा पहिला ठाउँ खोज्न हामीलाई साह्रै गाह्रो भयो। जहाँ पनि राख्न नमिल्ने। बच्चाले केही गर्‍यो भने क्षतिपूर्ति तिनुपर्ने,’ उनले सम्झिइन्। 

कक्षा तीनसम्म भए पनि सबै उमेर समूहकालाई एउटै कक्षामा राखियो। कृष्णप्यारी लगायत संस्थाका सदस्य पालैपालो गरेर क्लास लिन्थे। 

स्कुलको स्वरुप त लियो। अब दर्ता गर्नुपर्ने थियो।

कृष्णप्यारी लगायतको टिम स्कुल दर्ता गर्न गए। तर, संस्थाले चलाएको स्कुल भनेर दर्ता दिइएन। ‘यो विशेष कक्षा हो’ भनेर बुझाउने प्रयास गर्दासमेत दर्ता भएन।

तर, यो प्रयास १० वर्षसम्म निरन्तर जारी रह्यो। १० वर्षपछि मात्र जिल्ला शिक्षा कार्यालयले स्कुल दर्ता गर्‍यो। 

स्कुलको अहिले आफ्नै भवन छ। प्रिन्सिपलको जिम्मेवारी कृष्णप्यारीले नै सम्हालेकी छन्। झन्डै १ सयको संख्यामा विद्यार्थी छन्। माविसम्म पढाइ हुन्छ। यही स्कुल पढेका बहिरा बालबालिका कोही इन्जिनियर बनेका छन्। कोही विज्ञान विषय लिएर उच्च शिक्षा पढ्दैछन्। कोही सिप सिकेर व्यवसाय गर्दैछन् त कोही स्कुलमा शिक्षण पेसामा आबद्ध छन्। स्कुलको पढाइ बालमैत्री र अपांगमैत्री छ। 

जीवनको साढे दुई दशक त स्कुलकै निम्ति संघर्ष गरिरहेकी छन्, प्रिन्सिपल कृष्णप्यारी। स्कुल सञ्चालनमा आएका आरोह अवरोह धेरै पटक पार गरेकी छन्।

त्यतिबेला स्कुलको भवन नहुँदाको अफ्ठेरोबारे उनी सुनाउँदै जान्छिन्।

आफ्नै भवन
स्कुललाई आफ्नै भवनको जरुरी थियो। उनीहरू मन्त्रालय, शिक्षा परिषद् लगायत धेरै ठाउँ धाए। सहयोग हुने छाँट देखिएन। 

पैसा थिएन, आँट थियो। 

भवनको लागि त्यहीँकै धनकुटी बिहारले जग्गा दान गर्‍यो।

भौतिक पूर्वाधार बनायो भने सहयोग गर्ने माध्यम बन्ला कि भन्ने उनीहरूको विश्वास थियो। तर, बनाउने कसरी? जग्गा दर्ता गर्नसमेत पैसा थिएन।

जग्गा दर्ता गर्न बहिराहरूको सांस्कृतिक कार्यक्रम मार्फत् उनीहरूले पैसा संकलन गरे।

त्यसबेला राधाप्यारी नकर्मी, कृष्णप्यारी, बुद्धरत्न मानन्धर, अरुण गोपाल श्रेष्ठ र रमेश लाल दिलोज्यान दिएर खटेका थिए। ‘हामीले बहिराहरूले पनि शिक्षा पाउनुपर्छ, शिक्षा पाउने सबैको अधिकार हो, स्कुल जान नपाउँदा उनीहरूलाई पनि कति दुःख होला भन्ने भावनाले यो काम गरेका हौं,’ कृष्णप्यारी भन्छिन्।

स्कुल सञ्चालन गर्न थालेपछि अनेकोटबाट बच्चाहरू आउँथे। जुन बनेपाबाट टाढाको दुर्गम भेगमा पर्दथ्यो। तर पनि उनीहरू ८ बजे नै स्कुल आइपुग्थे। ‘उनीहरूलाई नि पढ्ने इच्छा रहेछ। त्यो इच्छलाई मार्नु हुन्न भन्ने हामीले सोच्यौं,’ कृष्णप्यारीले भनिन्, ‘खास यो सञ्चालन भएकै उनीहरूको इच्छाले हो।’ 

भवन बनाउने अभियानमा थिए उनीहरू। बिस्तारै एउटा प्रोजेक्ट अन्तर्गत केही फर्निचर स्कुललाई सहयोग भयो। 

पैसा नहुनाले बाँकी काम भने अधुरै रहेका थिए।

एकदिन विश्व बचाउ संस्थाबाट एक प्रतिनिधि स्कुल आएका थिए। त्यसबेला बच्चाहरूले पढेको देख्दा ती प्रतिनिधिको आँखा रसायो। लगत्तै उक्त संस्थाले सहयोग गर्ने प्रतिबद्धतासमेत जनायो। त्यतिबेला कृष्णप्यारीले भनेकी थिइन्, ‘हामीसँग जग्गा छ तर हामीले केही गर्न पाएका छैनौं।’

त्यसपछि जापनिज भोलेन्टियरले एक तला भवन बनाइदिए। ०६१ सालतिर स्कुल आफ्नै भवनमा सर्‍यो। 

'भवन सरेको दिन हाम्रो खुसीको सीमा थिएन,’ उत्साही हुँदै कृष्णप्यारीले सुनाइन्।

बहिरा संघमार्फत उनीहरूले सचेतनामूलक क्रियाकलाप पनि गर्दै गए। सांकेतिक भाषालाई जोड दिई गाउँगाउँमा कार्यक्रम चलाए। भाषा सिकेका बच्चालाई स्कुलमा लिएर आए। 

टाढाको बालबालिकाको लागि होस्टेल आवश्यक भयो। कुमारी फाउन्डेसनले होस्टेलको लागि माथिल्लो तला बनाइदियो। होस्टेल आजसम्म निरन्तर चलिरहेको छ।

अहिले डाँडापारि, तिमाल, कोशीपारि लगायतका स्थानका बालबालिका होस्टेलमा बसेर पढ्छन्। 

अहिले बालबालिकाहरूमा आफैंले केही गर्न सक्छु भन्ने आत्मविश्वास आएको छ। अभिभावक पनि ‘बहिरा’सन्तानबाट आशा राख्न थालेका छन्। 

‘अरु कतै स्कुलमा लगेर भर्ना नलिएपछि दुःखी भएका अभिभावकले यहाँ थाहा पाएर ल्याएपछि खुसी भएका छन्,’ कृष्णप्यारी भन्छिन्। 

खेल, सिप र नृत्यमा अब्बल
स्कुलले सैद्धान्तिक ज्ञानमा मात्र केन्द्रित पठनलाई गर्दैन। हरेक शुक्रबार स्कुलमा हस्तकला सिकाइन्छ। विद्यार्थी आफैंले हस्तकलाका सामान बनाउँछन्। बनाएका सामान प्रदर्शनमा बिक्री हुन्छ। बिक्री भएर आएको पैसा कोषमा जम्मा हुन्छ।

बचत भएका पैसा कार्यक्रममा खर्च हुन्छ। केही सामान खरिद गर्न कोषको पैसाले सहयोग गर्छ। ‘स्कुलमा हस्तकला सिकेका कतिपय विद्यार्थी भने पछि उही पेसामा लागेका पनि छन्,’ विद्यालयकी एक शिक्षिकाले भनिन्।

विद्यार्थीहरू अन्य खेलमा पनि अब्बल छन्। नृत्यमा पनि उनीहरूको रुचि छ। 

सुन्न नसक्नेले कसरी गर्छ नृत्य भन्ने लाग्न सक्ला। यद्यपि, असम्भवलाई सम्भव बनाउनु नै कला हो।

कृष्णप्यारी नृत्यको प्रसंग निकाल्छिन्। 

स्कुलबाट पिकनिक लगिएको थियो। पिकनिकमा विद्यार्थीहरूले अरुले नृत्य गरेको देखेछन्। त्यसपछि उनीहरूलाई पनि नृत्यको चाहना भएछ। फर्केर आउँदा उनीहरूले आग्रह गरेछन्, ‘अरुले जस्तै हामीलाई पनि नाच्न सिकाइदिनुस्।’

उसो त उनीहरूको कुरा नै टार्न नसक्ने हुन्थ्यो। रुचिलाई मार्नुहुन्न भनेर स्कुलमा नृत्य सिकाउने व्यवस्था भयो। 

नृत्य सिकेपछि त उनीहरू आफैंले कम्पोज गर्न थाले। अहिले धेरै कार्यक्रममा विद्यार्थीहरूले नृत्य गरिसकेका छन्। कति ठाउँमा त पुरस्कृतसमेत भएर आउँछन्।

स्कुलले स्पिच क्लास पनि दिने गरेको छ। सांकेतिक हाउभाउमा उनीहरूको प्रस्तुति निकै आकर्षक हुन्छ। 

स्कुलमा बाल क्लब पनि छ। बाल क्लबबाट उनीहरू विभिन्न खेल तथा कार्यक्रममा सक्रिय हुन्छन्। आफैं नियम बनाउँछन् र नियमलाई लागू पनि गर्छन्। स्कुलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा बाल क्लबको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। 

सहयोगको अपेक्षा
हरेक वर्ष विद्यार्थी संख्या बढ्दो छ। यसकारण स्कुलमा चुनौती पनि थपिएको छ। 

‘हामीकहाँ चौरहरू छैनन्। अहिलेको प्रविधिमा भिज्न पनि गाह्रो भएको छ। होस्टेलको छुट्टै भवन पनि आवश्यक छ,’ प्रिन्सिपल कृष्णप्यारी समस्या औंल्याउँछिन्। 

सरकारले ‘बहिरा’ बालबालकाको लागि छुट्टै पाठ्यक्रम तय गर्नुपर्ने उनको भनाइ छ। दरबन्दीवाला शिक्षक नहुनाले पनि यहाँ समस्या देखिएको छ।

सरकारबाट विद्यार्थीको लागि छात्रवृत्ति आउँछ। अनुदान दिएको पैसा स्कुल व्यवस्थापनमा खर्च हुन्छ। यद्यपि, अनुदान सधैं आउँछ भन्ने ठेगान हुन्न। 

खुसी र सपना
स्कुलका बालबालिका कृष्णप्यारीलाई सन्तान जतिकै प्रिय लाग्छन्। 

जीवनको महत्वपूर्ण समय यिनै बालबालिकासँग बिताउँदा उनी खुसी छिन्। भन्छिन्, ‘उनीहरूसँग रहँदा निकै आनन्द लाग्छ। कुनै बिगार गरे भने पनि सत्य बोल्छन्। इमान्दार हुन्छन्। जिम्मेवारी दियो भने त्यो काम राम्रोसँग गर्छन् र सामूहिक काम गर्नुपर्‍यो भने खुसीसाथ गर्छन्। कुनै काममा भोलेन्टियर गर्नुपर्यो भने खुसी हुँदै गइहाल्छन्।’ 

उनी दिनहुँजसो स्कुल आउँछिन्। त्यसबाहेक विभिन्न कार्यक्रममा जान्छिन्। जहाँ हुँदा पनि स्कुल र बालबालिका उनको मस्तिष्कबाट हट्दैन। उनको खुसी र बाँकी सपना पनि तिनैमा छ। आफूलै केही प्राप्त गरुँ भन्ने कुनै स्वार्थ छैन। भन्छिन्, ‘केही चाहिँदैन, सरकारले ‘बहिरा’ बालबालिकाको समस्या अनुभूत गर्न सकोस्। उनीहरूको शिक्षामा लगानी गर्ने वातावरण बनाओस्। यति भए पुग्छ।’
 

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  ०५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ
कांग्रेस नेता शर्माको अपिलः मलाई ७० हजार मत दिएर जिताउनुस्
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान आइतबार, माघ ११, २०८२
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ आइतबार, माघ ११, २०८२
कांग्रेस नेता शर्माको अपिलः मलाई ७० हजार मत दिएर जिताउनुस् आइतबार, माघ ११, २०८२
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्