काठमाडौँ- नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङ पुरानोकोट-४ का २६ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन्।
गएराति साढे ११ बजे बालाजुबाट बनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिएको थियो। गुरुङको उपचारको क्रममा गएराति साढे २ बजे मृत्यु भएको हो।
दुर्घटनापश्चात् फरार रहेका मोटरसाइकल चालकको खोजी भइहेको प्रहरी वृत बालाजुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।