लुसाका- जाम्बियाका विदेश मन्त्री ह्यारी कालाबाले राजीनामा दिएका छन्। उनको रानीनामा राष्ट्रपति इड्गर लङगुको कार्यालयलाई बुधबार प्राप्त भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अमोस चान्डाले जानकारी दिए।
सामाजिक सञ्जाल फेसबुकबाट मन्त्री कालाबाले आफू पदीय जिम्मेवारीबाट मुक्त भएको उल्लेख गरेका छन्।
भिडियो सन्देशमा उनले आफूलाई विदेश मन्त्रीका रूपमा देशको सेवा गर्ने अवसर दिएकोमा जाम्बियाका नेताहरूलाई धन्यवाद पनि दिएका छन्।
कालाबाको राजीनामालाई लिएर जाम्बियामा मिश्रित प्रतिक्रिया आएको छ। आम नागरिकहरूले कतिपयले स्वभाविक रूपमा लिएका छन् भने कतिपयले नराम्रो मानेका छन्।
अहिलेको सरकारबाट बाहिरिनेमा उनी तेस्रो मन्त्री हुन्। यसअघि गत हप्ता मात्रै लङगुले राष्ट्रिय विकास योजना मन्त्री लक्की मुलुसालाई बर्खास्त गरेका थिए भने तत्कालीन सूचना तथा प्रसारण मन्त्री चिसिम्बा काम्बिली पनि सन् २०१६ को नोभेम्बरमा निकालिएका थिए।सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।