चितवन- दुई विद्यार्थी संगठनका विद्यार्थीबीच बुधबार झडप हुँदा चार जना घाइते भएका छन्।
जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबीच क्याम्पसमै झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जालमा क्याम्पसबारे गरिएको टिप्पणीलाई लिएर दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको थियो।
घाइते हुनेमा अनेरास्ववियुका किसन घिमिरे, विकलचन्द्र श्रेष्ठ रहेका छन् भने अनेरास्ववियु क्रान्तिकारीका श्रीराम आचार्य र नितिलेश अधिकारी रहेका छन्। उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।