काठमाडौं- बुधबार वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए। यसअघि पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो।
जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ। जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले जानकारी दिए।
तराईका सबैजसो भागमा हुस्सु लागेको छ। तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम तापक्रम घटेको छ। एक-दुई दिन मौसम यस्तै रहने विभागले जनाएको छ।
आकाश खुला हुनु, उत्तर पश्चिमी वायु बहनु, हिमालको चिसो आउनु जस्ता कारणले चिसो बढेको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।