लिमा– पेरुमा एउटा ट्रक र यात्रुबस एकआपसमा ठोक्किँदा ४८ जनाको मृत्यु भएको छ।
पेरुको राजधानी लिमाबाट १ सय ३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट छुटेको बसमा ५५ जना यात्रु थिए।
दुर्घटनापछि बस १ सय मिटर तल समुद्र किनारमा झरेको थियो। गृह मन्त्रालयले आफ्नो वेबसाइटमार्फत दुर्घटनामा ४८ जनाको ज्यान गएको पुष्टि गरेको छ।
निकै तीव्र गतिमा आएको बस ट्रकसँग ठोक्किएपछि सडक किनारबाट समुद्री तटमा खसेको थियो। दुर्घटनास्थल निकै अप्ठ्यारो भएकाले उद्वारकार्यमा ढिलाइ भएको थियो।
दुर्घटनामा घाइते भएका व्यक्तिलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ। पेरुमा सन् २०१७ मा भएको सडक दुर्घटनामा २ हजार ५ सय व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।