जनकपुरधाम- प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द भएका छन्।
जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। कार्यालयको वार्षिक शैक्षिक कार्यक्रमअनुरूप जाडो बिदा पुस २४ गतेदेखि माघ ५ गतेसम्म हुने भए पनि अधिक चिसोका कारण शैक्षिक कार्यक्रमपूर्व नै बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताए।
सार्वजनिक विद्यालय पुस १९ गतेदेखि माघ १ गतेसम्मका लागि बन्द गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।