बैतडी- प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ।
मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए।
'महाकाली राजमार्गअन्तर्गत खोचलेक बजार नजिकै भेट्टिएकी बालिकाको मानसिक सन्तुलन ठिक छैन,' प्रहरी सहायक निरीक्षक महराले भने, 'कपडा च्यातिएको अवस्थामा भेटिएकी उनले नाम ठेगानासमेत यकिन बताएकी छैनन्।'
बालिकाले कुनै बेला महेन्द्रनगर त कुनै बेला घर दार्चुला बताउने गरेकी छिन्।
उद्धार गरिएकी बालिकालाई महिला तथा बालबालिका कार्यालय बैतडीको सेफ हाउस, पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।