त्रिपोली- सन् २०१७ मा युरोप तथा अमेरिकी मुलुकतर्फ हिँडेका १९ हजार गैरकानुनी आप्रवासी शरणार्थीलाई फिर्ता गरेको आप्रवासी शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले जनाएको छ।
सन् २०१७ मा १९ हजार ३७० जना गैरकानुनी आप्रवासी शरणार्थीलाई सम्बन्धित देशको राजधानीसम्म हवाईमार्गमार्फत फिर्ता पठाइएको आइओएमका ‘भोलुन्टरी रिटर्न प्रोग्राम’का संयोजक जुमा बिएन हसनले बताए।
यसरी स्वदेश पठाइएका अधिकांश आप्रवासीमध्ये प्रायजसो २७ अफ्रिकी तथा एसियाली नागरिक रहेको बिएन हसनले बताए।
आप्रवासीको युरोप तथा अमेरिकाका लागि मुख्य गन्तव्य बिन्दु लिबियालाई बनाइँदा केही वर्षदेखि मुलुक नै अस्तव्यस्त बनेको छ।सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।