काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने सिरहाका इञ्जिनियर रामबहादुर यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जिल्ला प्राविधिक कार्यालय सिरहामा कार्यरत इञ्जिनियर यादवले निर्माण व्यवसाय अनुमतिपत्र बनाउन सेवाग्राहीसँग ८ हजार घुससहित पक्राउ गरिएको थियो।
यादवलाई भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद हुनुपर्ने आरोपपत्रमा माग गरिएको छ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरण पाँचखाल काभ्रेमा कार्यरत सुपरभाइजर दिनेश थापालाई २५ हजार घुससहित पक्राउ गरेको छ। थ्रि फेज लाइन जडान गर्ने प्रयोजनका लागि आफ्नै कक्षमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारले उनलाई पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।