जलालाबाद- अफगानिस्तानको पूर्वी भेगमा प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीमा ६० भन्दा बढी आइएस लडाकु मारिएका छन्।
आतंककारी लुकेर बसेको स्थानमा मंगलबार बिहान हवाई कारबाहीका क्रममा ६० भन्दा बढी आइएस लडाकु मारिएका प्रान्तीय सरकारका प्रवक्ता आताउल्लाह खोगीआनीले बताए।
नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा आइएस आतंककारी लुकेर बसेका स्थानलाई लक्षित गरी मंगलबार बिहान सरकारी सुरक्षा बलले गरेको हवाई कारबाही गरेको थियो। सो क्रममा १८ जना घाइते भएको प्रान्तीय सरकारले जनाएको छ।
कारबाहीका क्रममा एक सर्वसाधारणको मृत्यु हुनुको साथै १३ घाइते भएको बताइएको छ।
नान्गाहार प्रान्तको पूर्वी भागमा सक्रिय रहेको आइएस लडाकु समूहले भने यस कारबाहीबारे कुनै टिप्पणी गरेको छैन। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।