लुसाका- जाम्बियाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ।
गत अक्टोबरदेखि अहिलेसम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले बताए।
उनले हैजाबाट प्रभावित हुनेहरुको सङ्ख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिए। अधिकारीहरुले हैजाको प्रभाव नियन्त्रण गर्न थुप्रै प्रयास गरेको पनि उनले बताए।
हैजाको संक्रमण सुरु भएदेखि नै मन्त्रालयले धेरै मानिस एकै ठाउँमा भेला हुने वैवाहिक समारोह, सांस्कृतिक कार्यक्रम, सडक व्यापार लगायतलाई अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध लगाएको थियो।
राष्ट्रपति इडगार लुङ्गुले रोगको प्रकोप अन्य क्षेत्रमा फैलिन नदिनेगरी तत्काल काम थाल्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।